सञ्चार क्षेत्रको विकासका लागि सबै सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत वितरण गर्ने तयारी

73

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने बताएका छन्।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित इकोनोमिक समिटलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प, कोरोनाजस्ता विपत्ति र महामारीले समग्र अर्थतन्त्र नै समस्यामा परेको त्यसको असर सञ्चार क्षेत्रमा पनि परेको बताए।

सञ्चार क्षेत्रको विकास र विस्तारका लागि सबै सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत वितरण गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिए।

यस्तै ज्येष्ठ नागरिक र अपांगता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने आश्वासन प्रधानमन्त्रीले दिएका छन्। उनले भने, ‘एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल गरिरहेको छु। सरोकारवाला पक्षसँग समन्वय गरी यससम्बन्धी कानुन बनाउन पहल गरिरहेको छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here