सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले सो कुरा बताएका हुन् । खड्काले भने– ‘प्रति आतंकवाद इकाई गठन गरेर काम प्रारम्भ गरिएको छ ।’
प्रति आतंकवाद इकाई कार्य विभागमा अन्तर्गत राखिएको छ । प्रतिआतंकवाद इकाईमा काम गर्ने अधिकारीहरूलाई कार्य तालिका बनाएर तालिम प्रदान गर्न लागिएको एसएसपी खड्काले जानकारी दिए


















