भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी अनुसन्धनमा रविकाे समर्थन

95

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीका बारेमा आफूले सरकारमा हुँदै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले आफू गृहमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थीका नाममा ठगीमा परेको भनेर गुनासो आएको र त्यसबारेमा भित्री रुपमा अनुसन्धानअघि बढाएको दाबी गरे ।

उनले भने, ‘जब म गृहमन्त्रालयमा थिएँ, हामीले चार पाँच चरणमा बसेर छलफल गरेर, पेचिलो छ भनेर भित्री रुपमा अनुसन्धान सुरु गरेको विषय हो ।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेकालाई प्रहरीले पक्राउ गरी अनुसन्धन अघि बढाएको कार्यको आफूले समर्थन गर्ने उनले बताए । तर यो ठगीको लहरो पहरोसम्मै रहेको भन्दै उनले यो लहरो कहाँसम्म पुग्छ र कसरी टुंगिन्छ भनेर हेर्नु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here