छंगु लिउ लिउकाे प्रिमियर शो सम्पन्न   

39

काठमाडौं । सम्पदा संरक्षण संस्था सानो पाईलाको प्रस्तुति छंगु लिउ लिउ प्रिमियर शो कार्यक्रम शनिबार आवर तिपिकल नेवारी फुड देस्टिनशन ठमेलमा सम्पन्न भएको छ ।

कार्यक्रममा अतिथिका रूपमा नेपाल भाषा चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक पवन जोशी, गायिका गायिका चन्द्र देवी शाक्य, नेवाः पत्रकार राष्ट्यि दबूया पूर्व अध्यक्ष गायक सुरजबिर बज्राचार्य, गायक भुपेन शाक्य, एरेन्जर बालकृष्ण बंशी, प्रमुख अतिथिमा गायिका सरिता महर्जन, गायिका भुपेन शाक्य, राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्ष श्याम कृष्ण प्रजापति अतिथिहरुले सो म्यूजिक भिडियो बनाउनमा सहयोग गर्नेहरुलाई खाँदा ओढाएर सम्मान पत्र प्रदान गरिएको कार्यक्रमा पत्रकार रिदेन महर्जनले संचालन गरिएको थियो ।

वि.सं. २०७७ सानो पाइला स्थापना भएको सानो पाइलाले सम्पदा संरक्षण अभियान, कोरोना महामारीमा राहत वितरण रातो मच्छिन्द्रनाथ जात्रामा भक्तजनहरुलाई पानी खुवाउने लगायत विविध सामाजिक सेवामा सकृया रहदै आएको यस संस्थाको छंगु लिउ लिउ म्यूजिक भिडियोको पहिलो प्रिमियर सो भएको छ ।

सो म्यूजिक भिडियोमा ज्यापुनी इन्दु, प्रविण अमात्य व मञ्जु श्रेष्ठ (शाक्य) कलाकारको रुपमा विशेष भूमिका रहेको छ । समाजसेवी एवम् कलाकार ज्यापुनि इन्दुको सभापतित्वमा भएको कार्यक्रममा इम्बोरदरि लगायत कुकुरप्रेमी नसिर खान पठान नेवाः लाई कुकुरहरुको हेरविचार तथा उदारका लागि पाँच हजार दिने सो म्यूजिक भिडियो फेसबुक मार्फत सबैभन्दा बढि सेयर गर्नेलाई पुरस्कार दिने घोषण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here