भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशन

82

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत विभिन्न भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ।

अनेरास्ववियुले काठमाडौंको त्रिचन्द्र कलेजअगाडि शुक्रबार विरोध प्रदर्शन गर्दैै सडक नै बन्द गरेको हो। उनीहरूले ‘वाइडबडी, शिविरमा भएको भ्रष्टाचार छानबिन गर, अपराधीको प्रोफाइल होइन, फाइल हेर’लगायतका नारा लगाएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्।

प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत प्रहरी हिरासतमा छन् भने एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।

अनेरास्ववियुले दोषी देखिएका सबैलाई कारबाहीको माग गर्दै यसअघि भएका भ्रष्टाचारसमेतको छानबिनको माग गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here