साफमा नेपालले पाकिस्तानलाई पराजित, भारत र कुवेत बराबरी खेल्याे

45
काठमाडौं ।  सान्त्वना जितसँगै साबिक उपविजेता नेपालले साफ च्याम्पियनसिपको अन्त्य गरेको छ। बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।

नेपालका फरवार्ड विमल घर्तीमगरले पहिलो हाफको अन्त्यमा गोल गर्ने अवसर प्राप्त गरेका थिए। तर, गोलमा परिणत गर्न सकेनन्। दोस्रो हाफको ७९औँ मिनेटमा नेपालले अग्रता बनाउन सफल भयाे । नेपालका आशिष चौधरीले डिबक्स बाहिरबाट गरेको लामो प्रहार गोलमा परिवर्तन भयो। साफ उनको डेब्यू प्रतियोगिता हो।त्यसपछि नेपाल र पाकिस्तानले केही अवसर सिर्जना गरेका थिए। तर, दुवै टोलीले सदुपयोग गर्न सकेनन्।

साफ च्याम्पियनसिपको  दोस्रो खेलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भयो। पाकिस्तान भने कुवेत र भारतसँग समान ४–० गोल अन्तरले पराजित भएको थियो। यस समूहबाट कुवेत र भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

समूह चरणको अन्तिम खेलमा मंगलबार नै भारत र कुवेतले प्रतिस्पर्धा गर्दै छन्। यो खेल बेलुका ७:४५ बजेबाट शुरू हुने छ।

त्यस्तै  साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत र आमन्त्रित टोली कुवेतले बराबरी खेल्दै अंक बाडेका छन्। बैंगलुरुस्थित श्री कांतिराव स्टेडियममा मंगलबार आयोजक भारत र कुवेतले १-१ गोलको बराबरी खेलेकाे छ ।

​ प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भारतले बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको इन्जुरी समयमा भारतका अनवर अलीले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो।

यस्तै खेलको अन्तिमतर्फ दुबै टोली १० खेलाडीमा समेटिएको थियो। विपक्षी खेलाडीमाथि हात हालेपछि ९० औं मिनेटमा कुवेतका अहमद अल्कालफ र भारतका रहिम अलीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यस्तै भारतका मुख्य प्रशिक्षक इगोर स्टामिकले पनि रातो कार्ड पाएका थिए। राबरीसँगै समूह एबाट कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। यस समूहबाट नेपाल र पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here