नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुग्याे

14

काठमाडौं : साताको चौथो सेयर कारोबारको दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुगेको  हो ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४.७३ अंकले ओरालो लागेको थियो। सो दिन २ अर्ब ८५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको सेयर खरिदबिक्री भयो।

पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ९३ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २३ लाख मूल्य बराबरको सेयर खरदिबिक्री भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को बढ्यो भने २ को घट्यो।

फाइनान्स र होटल्स एन्ड टुरिम उपसमूहको सूचकबाहेक अन्यको मूल्य बढेको हो। यसदिन १८५ कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो भने १ को स्थिर रह्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here