अनुसन्धानको सिलसिलामा होटल सञ्चालक आमा र छोरा पक्राउ

53

बागलुङ । बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल गएराति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको सिलासिलामा होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय बिनोद कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

नगर प्रहरी कार्यालय बागलुङ दरबन्दी भई ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेल उक्त होटलको भुइँ तलाको कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङबाट तत्काल खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here