काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँको पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


















