काठमाडाैं। उपराष्ट्रपति रामसहायप्रसाद यादव आफ्नो पहिलो विदेश भ्रमणका रूपमा आगामी साता चीन जाने भएका छन् ।
यही अगस्ट १४ (आगामी सोमवार) देखि २० सम्म यादव चीन भ्रमणमा जाने तय भएको उपराष्ट्रपति कार्यालय स्रोतले जनाएको छ
युनान प्रान्त सरकारको निमन्त्रणामा कुन्मिङ एक्स्पोमा सहभागी हुन उपराष्ट्रपति यादव त्यसतर्फ जान लागेको स्रोतले बतायो ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले पहिलो विदेश भ्रमण गर्न लागेका हुन् ।
यादव गएको चैत ३ गते शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।


















