टेलिकमको करिब २० हजारथान रिचार्ज कार्ड हरायाे

51

काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट भैरहवा पठाउने क्रममा करिब २० हजारथान रिचार्ज कार्ड हराएको छ । करिब दुई साताअघि ढुवानी कम्पनीमार्फत पठाइएका ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।

तर, यी रिचार्ज कार्ड टेलिकमको सिस्टममा इन्ट्री नभइसकेका कारण रिचार्ज गरेमा पैसा नजाने टेलिकमले जनाएको छ ।हराएका रिचार्ज कार्डबाट ग्राहक ठगिन सक्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आशंका व्यक्त गरे ।

टेलिकमको वायरलेस सेवा निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएका हुन् ।

यी रिचार्ज कार्डहरू क्यास कार्ड हुनका लागि अथवा यो रिचार्ज गर्दा फोनमा पैसा जान पहिले टेलिकमको सिस्टममा इन्ट्री हुनुपर्ने प्रवक्ता अधिकारीले बताए ।

“क्यास कार्ड नभइसकेका कारण यी रिचार्ज कार्डबाट टपअप हुँदैन, अथवा फोनमा पैसा जाँदैन । त्यसैले भेट्टाउने कसैले खरिद–बिक्री गरेमा ग्राहकहरू ठगिन सक्छन्,” प्रवक्ता अधिकारीले जानकारी गराए ।

ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद गर्न नहुने उनले जनाए । सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद–बिक्री नगर्न निर्देशनालयले ग्राहक तथा वितरकलाई आग्रह गरेको छ । यी सिरियल नम्बर भएका रिचार्ज कार्ड कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाउन पनि निर्देशनालयले आग्रह गरेको छ ।

adg1691559362.JPG

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here