पुरुष एसिया कप क्रिकेटमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने

68

काठमाडौं । १९ वर्ष मुनिको पुरुष एसिया कप क्रिकेटमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने भएको छ।

एसियन क्रिकेट परिषद्‌ (एसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’मा परेको छ। समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र आफगानिस्तान छन्। यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।

एसिया कपको आगामी ८ डिसेम्बरदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा हुँदैछ। नेपालले पहिलो खेल ८ डिसेम्बरमा नै पाकिस्तानसँग खेल्नेछ।

दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा खेल्ने छ। तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग खेल्नेछ।

प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्ने छन्। दुवै सेमिफाइनल १५ डिसेम्बरमा दुबई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने एसीसीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here