इन्जीनियर देवदास मानन्धरकाे अन्तिम दाह संस्कार

62
काठमाडौं । नेपालभाषा उन्वयनमा विशेष योगदान दिएका नेपालभाषा शिक्षाविद्, लिपि विशेषज्ञ इन्जीनियर एवम् देवदास मानन्धर न्हूदँ समारोह समितिका सदस्य देवदास मानन्धरको अन्तिम संस्कार आज सम्पन्न भएको छ ।
मानन्धरको अन्तिम श्रद्धाञ्जलि दिनका निम्ति पुर्व उप–प्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, मल्ल के. सुन्दर, न्हूदँ समारोह समितिका सल्लाहकारका साथै पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान, पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल, संस्कृतिविद् डा. त्रिरत्न मानन्धर, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, न्हूदँ समारोह समितिका अध्यक्ष प्रा।डा। नरेशमान बज्राचार्यलिसें नेपालभाषा क्षेत्रका बाहुल्यता रहेको थियो ।
केही महिनादेखि ब्रेन ह्याम्रेज रोगबाट ग्रसित मानन्धर गत आइतवार कार्तिक १९ गते उपचारका क्रममा नमन केयर सेन्टरमा प्राण त्याग गरेका थिए । उनका जेठी छोरी अमेरिकाबाट फर्किनु पर्ने भएकाले अन्तिम संस्कार गरिएको थियो । दिवंगत मानन्धरका छोरा सोधन मानन्धरले दाहसंस्कार गरिएको थियो । ७० बर्षका मानन्धरका एक छोरा, २ जना छोरी र श्रीमती रहेका छन् । मानन्धर चर्चित भाषासेवी, उद्योगपति दिवंगत लक्ष्मीदास मानन्धरका जेठो छोरा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here