लाश बुझिलिन मात्र गणतन्त्र होईन् !

35
– प्रशान्त महासागर
स्वास्थ रहन स्वाद त्याग्नुस् । शान्ति खोज्न विवाद छोड्नुस् । खुशी हुन बेर्थको चिन्ता त्याग्नुस् । जीवन यस्ता धेरै नियम छन् जुन बिर्सी सकेका छन् । बिर्सेर नै समय कलियुगको चोला पहिरिएका हुन् । होईन् धर्ती उहि, मनुष्यभित्र हड्डी त्यति नै । रगत रातो नै । मासुलाई छालाले बेरेकै छ । घाउ हुँदा सत्ययुगमा पनि दुख्छ द्वापर युगमा पनि दुख्छ । झन प्रविधियुक्त युगमा घाउ हुँदा हाँस्ने कुरा विचार हुन्छ भन्नु शायदै कलियुग होला । हामीलाई भनिएको कलियुग विकासको कारण हो कि ? होईन् भने फरक माटो छैन् पानी छैन् । सत्ययुगकै माटो हो पानी हो अनि त्यहि माटोमाथि बस्ने अनि त्यही पानी पिउने मनुष्य फरक हुन मान्दै रुपान्तरित हुनु केवल विचारभित्र लाचारपन मात्र हो । स्वार्थ हो जस्ले जीवनलाई जीवन हो मृत्युयुक्त छ मान्न स्विकार्न सकेका छैन् जस्को कारण लोभ अहमयुक्त ब्यबिचारलाई हाबी बनाई ईश्वरयुक्त इन्द्रिय छल्ने काम हुने हुँदा कलियुग भनिएको हो कि…? प्रश्न यसरी पनि जन्मिन थालेको छ । माटो र पानीको यथार्थता बिर्सेर शरीरको मर्म त्यागेर सिद्धान्त स्वार्थ बनाएर जीवन जिउनुको अर्थ युग नहुनुपर्ने हो भने ज्यादती शासन मान्नु दुर्गती मात्र हो ।
हिजो अर्थात मेरो चेतले कुरा सोच्न थालेको वा सिकेको बेला राजा भन्ने शब्द एकात्मक शक्ति परिचय दिइएको थियो । हिजो मलाई राजा गलत भनिएको थियो । मेरो राँको त्यही विरुद्ध बल्यो पनि । मैले बोल्ने अधिकार अझ अलि सोच्ने अधिकार सिक्ने अधिकार पायो पनि । तर मैले त्यतिबेला त्यही शक्तिभित्र बसेर मैले त्यही पाउनुपर्छ कहिल्यै सोचिन् किनभने मलाई देखाइएको राजा मलाई बुझाइएको राजाको रुप तिनीहरूले दाम चढाउँदै ढोगेको राजाको रुप थियो । क्रूर बनाउन तिनीहरूले ज्यु हजुरी गुलामी गरिएको राजा थियो ।

राजालाई विकासबाट अलग पन्छाइएको भूमिकालाई राजा भनिएको थियो । विलासितामा डुबाएर अहम स्वार्थ पूरा गर्ने गणतन्त्रयुक्त पक्षधरका ती रुप थिए जस्लाई हटाएर आज विराजमान छन् । उक्सान खराबी देखाई रजाइको मन्त्र जप्नेहरु हाल राजा छन् । राजा विरुद्ध लड्ने अहिले राजा बनेका छन् । जनता विडम्बना त्यही हो । अत: मलाई चिनाइएको राजा चिनाउने अहिलेको मेरो शत्रु हुन् । अफसोच परिस्थिति ती सबै लोकतन्त्रका पक्षधर गणतन्त्रवादी बनेका छन् राजा विरोधी राजाहरु हुन् । यो मैले बुझेका राजाहरू हुन् । र इतिहासमा राजा खोज्ने हो भने रक्षाका देवता हुन् । व्यवस्था पालक हुन् । र कस्ले चलाइयो “न्याय नपाए गोर्खा जाने” त्यो त थाहा भएन् राजाको वास्तविक सार त्यही हो । तर समयले परिवर्तन खोजिने वा दिने हुँदा शक्तिको सन्तुलन भएन् भने विद्रोह जन्मिन्छ भने झै युद्धबाट जोडिएको माटोमा पनि हल्लाले पात झै शासन चल्ने रहेछ ।

नेपालको सन्दर्भमा शक्ति संचय र त्यसको परिचालन नै राजा र शासन बनेको इतिहास छ । हिजो राजा नहुँदा कहिँबाट स्थापित गरिएको सत्य पनि छन् जुन हामीले बिर्सेका छौं जस्को फाइदा हामीलाई तरंगित पारी अरु लिएका छन् । राजा यसरी बदनाम बनेका हुन् । राजा स्थिर शक्ति हुन् हाम्रो कल्पना भन्दा बाहिरको यथार्थ हुन गएका छन् जस्को वास्तविक यथार्थता भनेको राजावादी र गणतन्त्रवादी दुईधार बनेका छन् । आखिर दुबैको अर्थ एउटै हुन् सुशासन, सुधार अनि विकास हुन् । दुबै सोच्ने एउटै हुन् जस्को अफसोच भन्नुपर्दा शक्ति संचय र त्यसको परिचालनको नियत हुन् । मर्नुपर्छ बिर्सी बाँच्दा स्वादमा स्वास्थ्य त्याग्नु हो । विवादमा शान्ति खल्बल्याउनु हो । बेर्थ चिन्तामा आयु छोट्याउनु हो । दुखी बन्नु हो ।

सत्ताले आम नेपाली रुवाउन अनेक वाद अनि त्यसको दासत्व लाद्नु हो । अत: ती लाद्ने सिनो हामीले त्याग्नु राजा ल्याउनु हो गणतन्त्र जिउँदो बनाउनु हो । हाम्रो सोचमा गणतन्त्र मात्र भएर हुन्न त्यसको उपयोग सोचिएन् भने राजतन्त्र खराब भन्नू भन्दा भयावह गणतन्त्र हुनेछ । आज प्राय: सबैले प्रदेश खारेजिको कुरा सहि हो कि भन्ने चिन्तासम्म पुर्याएको छ । त्यो भनेको राजतन्त्र खराब हो उहिले सिकाएको कुरा जस्तै बनेको छ । र मनुष्य भै बाँचेपछी खराबलाई सहि बनाउन हो । कुरा हामीले बिर्सेको यति नै हो । र एउटा आरोप राजाको पालामा बनेका सबै कल-कारखाना गणतन्त्रले बेचेर खाए, माओवादी जनयुद्धले सखाप पारे वा २५० वर्षको राजाको शासनमा नेपालको के परिवर्तन भयो चिन्ता त्यो बेर्थको थियो । सतही कुरा यस्तै हुन् । अब हाम्रो सामु हिसाबकिताब भन्दा देश रहन्छ वा रहन्न । अर्को के नेपाल देश एउटा चिहान घर मात्रै हो कि ? सत्ताले यसको जवाफ दिनुपर्छ । राजा, राणा, प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै लोकतन्त्र गणतन्त्रसम्मको शासन पद्धतिमा हामीसँग नियति मात्र रह्यो । त्यसको विकार कहाँ छ त्यो कहिले बुझ्ने ? हिजो मलाई बुझाइएको राजा फाल्न धेरै सहिद बने राणा फाल्न पनि त्यस्तै मरे कतै पढें भने जनयुद्धमा १७ हजार मरे मारेको हिसाब ताजै छ भने गणतन्त्र पश्चात् १५ वर्षको अवधिमा वार्षिक १६ सय नेपालीको लास बाकसबाट भित्रीने कुरा लुकेका छन् ।

के गणतन्त्र बाकसमा आउने लास गन्न ल्याएका थियौं र ? यसको जवाफ कस्ले कसलाई दिने ? हिजो राजासँग मागिएको प्रश्नको जवाफ आज गणतन्त्रवादीले दिनुपर्छ कि पर्दैन् ? हिजो माओवादी जनयुद्धले १७ हजार मारियो वा मारेर ल्याएको गणतन्त्रले १५ वर्षको अवधिमा २४ हजारमा मारेका छन् जुन निरन्तर छन् नै । यसको रोकथाम सम्बन्धी कुनै विचार गणतन्त्रमा नहुनु अब यो शासन पनि फाल्ने बेला भएन् र ?

अन्तमा, बहुदलीय प्रजातन्त्र फाल्न १७ हजार मारिइयो । गणतन्त्रमा हालसम्म विदेशबाट २४ हजार हाराहारी लास बुझिसकेका छन् । पञ्चायतबाट बहुदलीय व्यवस्था आउने त्यति आहुती मागेन् । त्यस्तै पञ्चायत आउन र प्रजातन्त्र आउन राणाले खोजेनन् । राणा शासनले जग खन्न जनताको रगत मागेनन् । राजाको शासनमा प्रजाको भलो हुने गराउने कुराहरू धेरै देखिए जुन रैतीहरुको स्वार्थले केही देखिए ।  विकास नहुँदा विनाश रोकिएको कुरालाई आत्मसात गर्ने हो भने राजा नै ठिक छ । त्यतिबेला सुचना र शासन नपुगेर नभएको विकासलाई हेर्ने हो भने अहिले प्रविधिले गर्ने भ्रष्टाचार अपराध अनि बेइमानीलाई जोख्ने हो भने राजावाद नै ठिक छ । यति भन्दा म गणतन्त्र विरोधी भन्ने बुझ्छन् त्यो बुझ्नेको क्षमतामा भर पर्छन् भने मेरो कमि देख्ने आफ्नो कमि देख्दैन् कारण स्वार्थ हुन् । यो देश राजा आवस् वा गणतन्त्र नै रहिरहोस् आखिर जुन आएपनि रहेपनि उद्देश्य सत्य हो दुबै जिन्दावाद । तर एउटा कुरा मलाई खराब भनिएको राजा खराब चाहिँ थिएनन् । रैती गरेको दैत्यमा हाम्रो विचार वा क्षमता सोचको नपुग्नु अहिलेको वास्तविक हुन् । अत: एउटा शक्ति चाहिन्छ नै । दण्ड र इनामको प्रथा हुनुपर्छ नै ।
सिद्धान्तले व्यवहारको कुरा गर्ने शासन प्रणाली नै नेपाली जनता बन्ने मन्त्र हुन् चाहे त्यो राजा होस् या लोकतान्त्रिक गणतन्त्रको व्याख्या होस् । तर लास बुझिलिने व्यवस्था गणतन्त्र होस् । प्रदेशमा छु भन्नुको स्वामित्व सबै जनाताले मनन गरून् । यो देशमा पनि जनता छन् भन्ने शासन छिट्टै लागू होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here