काठमाडाैंमा यसवर्षको अहिलेसम्मकै चिसो

23

काठमाडाैं । काठमाडाैंमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।

काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज यहाँको तापक्रम अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here