पूर्वराजा ज्ञानेन्द्र शाह मुसहर बस्ती पुगे

37

काठमाडौँ / पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित मुसहर बस्ती पुगेका छन्।

पूर्वराजा शाह शनिबार प्रभु शमशेर राणा ट्रष्टले विपन्न मुसहरका लागि बनाइदिएका घर अवलोकनका लागि सिमरा पुगेका हुन्। उक्त ट्रष्टले मुसहरका लागि करिब २० घर बनाएको छ।

पूर्वराजा शाहले मुसहर बस्तीका बालबालिका तथा स्थानीयसँग झण्डै एक घण्टा बिताएका थिए। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि मुसहर बस्ती पुगेकी थिइन्।

उनीहरुलाई बालबालिकाले फूलमालाले स्वागत गरेका थिए। त्यसक्रममा उनीहरुका लागि खानासमेत वितरण गरिएको थियो। साथै पूर्वराजाको स्वागतमा नाचगानसमेत गरिएको थियो।

प्रभु शमशेरको गतवर्ष निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here