काठमाडौं । तारकेश्वर नगरपालिका-९ फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डस्ना र माछा पसलमा शनिबार दिउँसो आगलागी हुँदा नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी करिब १२ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















