प्रधानमन्त्री ‘प्रचण्ड’ रचिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

50

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राजदूत सोङले बुधबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँगै झण्डै एक घण्टा छलफल गरेका हुन्।

बालुवाटार स्रोतले उनीहरूबीच द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको जानकारी दिएको छ। चिनियाँ राजदूत सोङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन र बीआरआईलगायत चिनियाँ परियोजनाको विषयमा चासो राखेका थिए।

प्रधानमन्त्रीले असोजमा चीन भ्रमण गरेका थिए। भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न १३ बुँदे सम्झौता भएको थियो।बीआरआई परियोजनालाई दाहाल नेतृत्वको सरकारले महत्व नदिँदा चीन सशंकित हुँदै आएको छ। बीआरआई परियोजना चिनियाँ राष्ट्रपति सीको ‘ड्रीम प्रोजेक्ट’ हो।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) चीनले भूमिमा आधारित सिल्क रोड इकोनोमिक बेल्ट (एसआरईबी) र समुद्रमा जाने समुद्री सिल्क रोड (एमएसआर)मार्फत् कनेक्टिभिटी र व्यापार सञ्जाल बढाउन युरेसियन (युरोप र एसिया) देशहरूलाई प्रस्ताव गरेको विकास रणनीति हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here