अम्बे स्टिल्सकाे आईपीओ निष्कासन

22

काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव पास गर्न आगामी फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको हो।

सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । सभामा कम्पनीको अधिकृत,जारी र चुक्तापूँजी जारी गर्ने र गत आविको विभिन्न वित्तीय प्रतिवेदनहरु पारित गरिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here