चलचित्रबाट नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्छ

23

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने जनाएका छन् ।

आइतबारदेखि सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमबार मकवानपुरमा बोल्दै उनले यस्तो जनाएका हुन् । उनले नेपाली चलचित्र नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने जनाए । उनले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र बाह्य पयर्टकहरु बढाएको जनाए । उनले नेपाली चलचित्रलाई विश्वमाझ पु¥याउने चुनौती अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको जनाए । उनले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने जनाए ।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको जनाइन् । उनले सिनेमामा नेपाली सौन्दर्यताहरुर कैद गरेर ती दृश्यहरु प्रस्तुत गर्दा आन्तरिक र बाह्य पर्यटकहरु बढेको जनाइन् । उनले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको जनाइन् । स्थानीय तहले नै यसबारेमा बढी ध्यान दिन आवश्यक रहेको उनले जनाइन् ।

कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रिभ्युमा रंगपत्रकारहरुले गरेको रिभ्युमा आक्रोश व्यक्त गरे । चलचित्र पत्रकारले चलचित्रको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न चलचित्र बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको भन्दै आक्रोश जनाए । चलचित्रलाई फिल्मको नजरबाट हेर्न आवश्यक रहेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here