गल्ती गरेर महान हुन्न !

8
– प्रशान्त महासागर
लिच्छविकाल पछि शिवदेव तृतीयको राज्यकालमा वनभित्र अवस्थित कुनै देश अर्थात गुदेँ भनिएको सारलाई कीर्तिपुरमा परिणत गरे । कीर्तिपुरको निर्माण गर्दा शिवदेवले धेरै कुराको विचार पुर्‍याएको देखिन्छ । हालको कीर्तिपुर भन्दा धेरै सानो थियो उनले बनाएको कीर्तिपुर । सहर बनाउँदा केवल डाँडोको उच्च भागको समथर जग्गा मात्र प्रयोगमा ल्याएका थिए ।
उत्तर, पुर्व र पश्चिम सबै भुभाग जङ्गलले भरिभराउ थियो । बिचको दक्षिण पाखो र उच्च समथर भागमा मात्रै बस्ती बसालेको थियो । उनले केवल कीर्तिपुर सहर मात्र बसाएनन् यहाँ बस्ने प्रजा हितको लागि आर्थिक रुपले आत्मनिर्भर गराउन चन्द्रागिरिको फेदबाट बग्ने खोलाको रानीबनमा बाँध बाँधी त्यहाँबाट ठूलो कुलो ल्याई कीर्तिपुरको ठाउँ ठाउँमा पोखरी, इनार कुवा बनाई दिए । यसरी कीर्तिपुरसम्म आईपुग्दा दक्षिणका जग्गाहरु पानीले लुटपुट हुने गर्ने व्यवस्था गरि कीर्तिपुरमा पुग्दा विभिन्न पोखरीमा विभिन्न प्रयोजनको लागि पानी खसाल्ने गरेको थियो । कुनै पोखरीको पानी पिउने गर्थे भने कुनैको पानी सरसफाइ लगायत हाँस चराउने, घाँस उमार्ने, कमलको फूल रोपि चाडपर्वमा समेत चढाउनु पर्ने व्यवस्था गरि ती पोखरीहरुबाट बढी भएको पानी पुन: कीर्तिपुरको फेदैफेद नहर बनाई हालको ट्याङ्ग्ला र विश्वविद्यालयको फाँट समेत सिचाई हुने व्यवस्था गरेको देखिन्छ । राजा शिवदेवले कीर्तिपुरमा २७ वर्ष ७ महिना राज्य गरे ।
कीर्तिपुरको लागि उनले पोखरी, इनार, कुवा लगायत ढुङ्गेधाराको महत्वपुर्ण योगदान गरेको पाइन्छ भने कीर्तिपुरकै लागि उनले वलवल देवीमा तपस्या गरे । यो त भयो यहि राजा हुँ भन्नेको योगदान भयो । पछि पृथ्वीनारायण शाहले जितेपछी पनि यहिका जनताको हितको लागि मच्छेगाउँ देखि वि.सं. १८६५ सालमा भीमसेन थापाले ढल्पाको ढलको जिर्णोद्वार गर्दा सोको रेखदेखको लागि ७ जना नियुक्ति गरेका थिए । उक्त ढल ऐतिहासिक १० भन्दा बढी पोखरीको श्रोत थियो । गर्व गर्ने इतिहास थियो जुन राजनैतिक बहस जस्तो हुनु भएन् । स्वार्थसिद्ध कुरा गर्नु भएन् । अरुले गर्दा हुने भन्ने उदाहरणहरु जीवनयुक्त हुनु भएन् । पुरानो स्मारक भनी सकेपछी पनि त्यस्मा सौन्दर्यकरण थप्नु नै पर्छ कुरा गर्नु एक हिसाबको इतिहास मेटाउनु जस्तै हो । जस्तै कि कीर्तिपुरमा एउटा ऐतिहासिक पोखरी थियो ।
जस्को साइज ८ फिट गुणन १० फिट अनि  लगभग ४ फिट गहिरो कुण्ड थियो । घण्टाकर्णको दिन बिहान उक्त कुण्डको पानी निकालिन्छ । उक्त कुण्डको पिधमा एउटा ठूलो ढुङ्गा छ । मध्यान्ह उक्त कुण्डको चारैतिर भातको मुखाकृती बनाई कालो भटमासको आँखा आकार दिई लसुनको जुँगा राखी पूजा गरिन्छ । एउटा भेंडा पनि बलि दिईन्थ्यो । उक्त बलि दिईएको भेंडा लायकुको कुनामा अवस्थित अमुर्त ढुङ्गामा लगी पर्साइन्थ्यो र त्यसपछि उक्त बलिको आन्द्राको माला पोखरीमा पूजा गरिएको भातको मुखाकृतीलाई पहिर्‍याई सो मुखाकृती एक जनाले बोकि अर्कोले सिस्नुको मुठा लिई कीर्तिपुरको चार ठाउँमा राखिएका नर्कटको घण्टाकर्णलाई चढाउन लगिन्छ । यो एक प्रकारको परम्परा पर्व हेर्ने बाटोभरी जनलहर बसेका हुन्छन् र सिस्नु छोइ पोलि माग्छन् ।
यसो गर्दा त्यस वर्षको महामारीबाट बचिन्छ भनी विश्वास गरिन्छ । र त्यही कुण्डसँग मिल्दो अर्को कथन पनि छ कि त्यस कुण्डको पानी पवित्र जल हुन् जुन जलकुण्डको पानी चोखिएर लाखे पा अर्थात राक्षसको आहार बस्न जाने भन्ने किवदन्ती थियो । हाल उक्त गर्भमा लुक्न गएको छ । लगभग ५५ वर्ष अघि संस्कार पुरेका छन् । ग्वा: पुखू मासिएका छन् । एउटा जिउँदो संस्कारलाई लुकाइएको छ जस्को आडमा पुन: निर्माण भनिएको मभिं पुखूलाई सौन्दर्यता प्रदान गर्नु त्यसरी नै मार्नु हो । मेरो अवधारणा त्यसो गर्नु अपराध हो । हामी पापको आडमा अपराध गर्न जन्मेका प्राणी होईनौं ।
अन्तमा, इतिहासको जगेर्ना नै विकास हो । त्यसको रक्षा स्थानीयले गर्नुपर्छ । त्यसमा स्वार्थ खोज्नुहुन्न । बाँच्न कमाउनुपर्छ तर कमाई कमिसन हुनुहुन्न यो पनि संस्कारभित्रको सत्कार हो । आफू भने जस्तो आकार ऐतिहासिकता खोज्नु र त्यो नपाउँदा स्वरुपमा हिराफेरी गर्न पाईदैन् भन्नू विकास विरोधी सोच्नुहुन्न । पुरातात्त्विक महत्वको धरोहरमा सौन्दर्यकरण किन आवश्यक छ सबैलाई बुझाएर ऐतिहासिक धरोहरलाई बरकरार राख्ने काम हामीले गर्नुपर्छ । भोक लाग्यो आफ्नै मासु खानु निदान होईन् । कीर्तिपुरका जति सम्पदा संस्कार सँस्कृती छन् हाम्रो पहिलो दायित्व त्यसको जगेर्ना नै हुनुपर्छ । विकास त्यही हो । र त्यसबाट पन्छिन या भनौं अरुले गरिने गल्ती आफुले गरेर महान कहिल्यै हुदैनौं । पुरातात्त्विक महत्वलाई त्यही अनुरुप पुन: निर्माण गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here