न्यायमा पहुँच महंगो छैन भन्ने मान्यता स्थापित

8

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डं‌गोलले महानगरपालिकाले न्यायमा पहुँच महंगो छैन भन्ने मान्यता स्थापित गरिरहेको जनाएकी छन्।

उपप्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले, स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राखिन्।

उनको कार्यकक्षमा महानगरपालिकाका न्यायिक सिकाइका बारेमा जानकारी लिन आएका जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका पदाधिकारीसँग छलफल गर्ने क्रममा उनले यस्तो जनाएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here