पेकाे देशभर ‘सक्षम नारी’ अभियान सुरू

44

काठमाडाैं । फोन पेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धधन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरू गरेको छ।

यस अभियानद्वारा फोन पेले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिइ सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको बताएको छ।

फोन पेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरू गरेको हो। माघ २६ गतेदेखि सुरू भएको यो अभियान फागुन २८ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् अभियान अवधिभर कुनै पनि फोन पे सेवाहरू फोन पे क्युआर, फोन पे डाइरेक्ट, फोन पे बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने छ।

उक्त अभियान अन्तर्गत नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले एक हजार रूपैयाँको ग्यारेन्टी टप–अप जित्नेछन्।

 

फोन पेले सधैँ आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here