२१ फेब्रुअरी अन्तराष्ट्रिय मातृभाषा दिवस

12

सन्तोष नेम्बाङ लिम्बू

यस बर्ष युनेस्कोले सन् २०२४ फेब्रुअरी २१ तारिखका दिनलाई विश्वमातृभाषा दिवश Multilingual education is a pillar of intergenerational learning ”  अर्थात “ बहुभाषिक शिक्षा ः सिक्ने र अन्तरपुस्ताको शिक्षाको स्तम्भ ” भन्ने नाराका साथ मनाउने निर्णय गरेको छ । युनेस्कोले यस बर्ष जारी गरेको प्रतिवेदन अनुसार वर्तमानमा २ करोड ५० लाख बालबालिकाहरु विद्यालय जान सकेको छैन । बालबालिकाहरुले आफ्नो मातृभाषामा नै शिक्षा पाउन नसकेको कारणले विद्यालय जान नसकेको व्यहोरा उल्लेख गरिएको छ । यस बर्षको अन्तराष्ट्रिय मातृभाष दिवस २०२४ ले समावेशी र गुणस्तरीय शिक्षा नै जीवनपर्यन्त सिकाइ हुने निष्कर्ष युनेस्कोले निकालेको छ । त्यसैले आदिवासीहरुको मातृभाषालाई मध्यनजर गरेर नै सन् २०२२ देखि २०३२ सम्मलाई अन्तराष्ट्रिय दशकको रुपमा मनाउने निर्णय समेत गरेको छ । अन्तराष्ट्रिय स्तरमा बहुभाषिक शिक्षाको नीतिहरु अवलम्बन गरे पनि राष्ट्रिय स्तरमा भने उपलब्धि मुलक र प्रशंसनिय कार्यहरु वर्तमान सरकारले गरेको पाइन्न । यस बर्षको अन्तराष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा पूर्वी नेपालको धरानमा भने अन्र्तकृया कार्यक्रम सम्म गरिन्दैछ ।

अन्तराष्ट्रिय मातृभाषा दिवस २१ फेब्रुअरी २०२४ को नाराको आसयले मातृभाषामा शिक्षा पाउनु नै जीवनको आधार स्तम्भ हो । शिशु बालबच्चाको पहिलो पाठशालाको मैदान भनेको आमाको काख हो । उक्त मैदानमा बालबच्चाले आफ्नो आमाले प्रयोग गर्ने भाषामा खेल्न,बोल्न, संघस्र गर्न सिकेको हुन्छ । बाल मनोविज्ञहरुको तर्क छ – “ शिशुबाट बच्चा हुँदै बालकमा स्तरबृद्धि हुँदै जादा उसले मातृभाषामा नै शिक्षा पाउन सकेमा उसमा आत्मा विश्वास, आत्मबल बढदै जान्छ । ” साथै आफ्नो समुदायमा निहित परम्परागत कला कौशल, सस्कार सँस्कृति, ज्ञान,सिपहरुको प्रयोग गर्न सक्छ । जुन मानव सभ्यताको अमुल्य सम्पती हो । वर्तमान अवस्थामा मातृभाषामा शिक्षा लिने दिने सहज परिस्थीती भने छैन ।
विद्यालय जाने एकजना बच्चाले नबुझेको भाषाको कारणले गर्दा प्राथमिक तहदेखि नै एउटा अस्वभाविक बाधाको स्थिति सृजना हुन्छ । यहि कारणले गर्दा धेरै जसो अभिभावकले त्यस्ता विद्यालयहरुमा आफ्ना भाषाको गौरवता र आत्म सम्मान गुमाएको महसुस गर्छन् । विद्यालय जानेहरु पनि भाषिक कठिनताका कारण बीचैमा विद्यालय छाड्ने आदीवासीहरु नै बढी छन् । कवि तथा लेखक उपेन्द्र सुब्बाको लाटो पहाड पुस्तकको अनुभवमा “ एक दिन – भूगोल पढाउने मिस शर्मिला ओझाले विद्यार्थी केशमानलाई अघिल्लो दिन पढाएको पाठबारे सोधिन् ल, केशमान भन त हिरा कहाँ पाइन्छ ? कक्षामा एकाएक केटाकेटीहरुको हाँसो गुञ्जियो । हाँस्ने केटाकेटीहरुजति लिम्बू थिए । चुप – मिस कराइन । कोठा शान्त भयो । लु भन, केशमान हिरा कहाँ पाइन्छ ? उसै त घोसे केशमान केही बोलेन । अझै निहूरिएर भईतिर घोप्टियो । “टेर्दैन त मिसको रिसको पारो चढ्यो । उनले डस्टर टिपेर केशमानको टाउकोमा हिर्काइन । बोल्दैनस् घोसे लिम्बूको छाउरा । भन् हिरा कहाँ पाइन्छ ? तब केशमानले टाउको उठायो । कक्षा कोठाको झ्यालतिर हेरिसकेर मिसलाई सिधा हे¥र्यो अनि मिसको कम्मरमुनिको भागतिर औंलाएरै भन्यो , तइँले नै लुकाको छस् । फेरि कोठामा हाँसोको फोहरा छुट्यो । लिम्बू गाउँमै हुर्किएकी शर्मिला मिसलाई त्यति बेला पो हेक्का भयो । लाजले रातोपिरो भईन् । उनले चुप भन्नसम्म भियाइनन् , केशमान झ्यालबाट उफ्रेर भागी हाल्यो । त्यस पछि केशमान कहिल्यै स्कूल गएन । यस्ता यर्थात किस्साहरु हाम्रो समाजमा धेरै छन् । अर्को एक किस्सामा लिम्बू मातृभाषी विद्यार्थी हालको बरिष्ठ पत्रकार राजकुमार दिक्पालले विद्यालय पढ्दाताका कक्षामा भ्यागुताको चित्र देखाएर सोधिएको प्रश्नमा ‘पेदक’ उत्तर दिँदा शिक्षकको निर्धात पिटाई खानु भएको घटना के भाषिक अत्यचार होईन र ? हाम्रा सात आठ कक्षाका भाई बहिनीहरुले पढिरहेछन्–तामाङ,मगरहरु भरिया हुन । मैले पनि यहि भनेर पढेकै हुँ । यसले कलिलो मस्तिष्कमा कस्तो मनोबैज्ञानिक असर गर्ला । तामाङ,मगरहरुको आत्मासम्मानलाई कहाँ पु–याउला । यी त प्रतिनिधि पात्रहरु मात्र हुन ।

“भाषा बाँचे जाति बाच्छ , जाति बाँचे देश बाँच्छ” यो शब्दावली कुनै समय इलाम चोक बजार स्थित दाई विमल बैद्यको समानता क्लिनिकको सिसाका दराजमा टाँसिएका थिए । अनि सम्झने गर्थे विश्व भाषाशास्त्रि डेरिललाई “यति तिमी बाँच्न चाहन्छौ भने अरुको भाषा सिक तर,सधैं सधैं बाँच्न चाहन्छौ भने आफ्ना् मातृभाषा सिक” । भाषा कुनै एक जाति वा समुदायको पहिचानको सबभन्दा ठूलो आधार भनेकै त्यस समुदायका मानिसहरुले आफ्नो मातृभाषाको रुपमा बोलिन्दै आएको भाषा हो । मानिसहरुको विचारको आदान प्रदान गर्ने माध्यम नै भाषा हो । त्यसैले प्रत्येक मानविय समुहहरुको आआफ्ना व्यावहारिकता सुहाउँदो भाषा नै हुन्छ । नेपालको सन्दर्भमा १२४ भाषाहरु रहेको २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । मानविय समुदायको विकासको क्रममा कतिपय भाषा सुसंस्कृत,उन्नत र विकसित रुपमा पाइन्छ भने कतिपय आदिम स्थितिमा रहेका छन् । यसरी नै भाषा बोल्ने मानिसहरुको गणना पनि थोरै वा धेरै छ । एउटा भाषा धेरै प्रचार प्रसार भएर अंग्रेजी जस्तै विश्व भरी फैलिएको छ । चिनिया भाषा जस्तो बोल्ने मानिसहरुको संख्या अरबौं पनि छ वा इलामका लेप्चा भाषी समुदाय जस्ता दुईचार जनामा सिमित पनि छ ।

मानव समाजमा भएको यस प्रकारको भाषिक बहुलतालाई सामाजिक सौन्दर्यको रुपमा नभई एउटा समस्या वा बोझको रुपमा लिइन्छ । भाषिक विविधताको बदला एकरुपता ल्याउनु पर्छ भनी त्यसको लागि राज्यले बल प्रयोग गरेको विगतको तितो अनुभव पनि छ । जसको जलन्त उदारण उपत्यकामा कवि सिद्धिचरण श्रेष्ठ, चित्तन्धर हृदय, केदारमान व्याथितले मातृभाषामा कविता प्रकाशन गरेको कारण जेल परे । पूर्वमा किरात लिम्बू भाषालिपीलाई प्रचार प्रसार गर्दा वि.स.१७४१ मा श्रीजंगासिं थेवेको हत्या नै भयो । लालसोर सेन्दाङ बिदेशीनु पर्यो, समाजसुधारक विभुति फाल्गुनन्दले देशद्रोहको मुद्दा पनि खेप्नु पर्यो । पञ्चयतकालमा प्राज्ञ पुष्प थाम्सुहाङ, गणेश बहादुर थाम्सुहाङ, बीर नेम्बाङ, इलाम पशुपतिनगरका एल.वि. सुब्बाले पनि लुकिछिपी लिम्बू लिपीहरु सिकाउदा अराष्ट्रिय तत्व भनेर विल्ला भिराइयो । वि.स. २०५६ जेष्ठ १८ गते सवोच्च अदालतले स्थानिय निकायमा नेपाल भाषा र मैथिली भाषालाई आधिकारिक रुपमा प्रयोग गर्न नपाइने भनि एकतर्फि गरेको फैसलालाई अझै पनि नेपालका आदिवासीहरुले जेष्ठ १८ गतेलाई कालो दिवसको रुपमा लिन्छन् । राजा महेन्द्रले प्रयोग गरेको एक भाषा एक भेषको नीतिले झन अदृष्य रुपमा भाषिक विभेद मौलाउने पायो । जसको परिणमा एक भाषाले अर्को भाषालाई दमन गर्ने वा लोप गराउने कार्य भयो । त्यसैको परिणाम स्वरुप नेपालका धेरै भाषाहरु त्यसै लोप भएर गयो । अहिले पनि मानिसहरुले बोलिरहेका कतिपय भाषा विस्तारै लोप हुँदै जाने स्थितिमा पुगिरहेका छन् । यो भनेको एक भाषाको मृत्यु मात्र नभई त्यो भाषा बोल्ने समुदायको पहिचानको मुल आधार नै लोप गराउनु हो । विश्लेषण गर्दा के देखिन्छ भने यसरी आफ्नो मातृभाषा लोप हुँदै जाँदा कतिपय समुदायका स्वतन्त्र पहिचान नै अत्य भई कालान्तारमा त्यस समुदाय स्वंम अन्य समुदायमा सम्मिलन भई गएको धेरै उदारणहरु हाम्रै समाजमा छन् । त्यसैले एउटा आदिवासी समुदायको पहिचानको संरक्षण भनेको मुलत त्यस समुदायका मानिसहरुले बोल्ने मातृभाषाको संरक्षण हो । एउटा आदिवासी समुदायको मातृभाषाको निम्ति व्यवहारमा प्रयोग गर्ने अधिकार प्रत्याभुत नभए सम्म सहि अर्थमा त्यस समुदायको पहिचान रक्षाको लागि अधिकार प्राप्ति भयो भन्ने कुराको पुष्टी हुँदैन ।
भाषाको उपदेयता भनेको व्यहारिक प्रयोग हो । इलाम नगरपालिका भानुपथमा दुईदशकदेखि रेडीमेड कपडा पसल गर्नु हुने चुडामणी रिजालको अनुभवलाई लिन सक्छौ । गैर लिम्बू उहाँ भन्नुहुन्छ “ हामीले सकेसम्म धेरै जातीकोभाषा जान्नु त गौरवको कुरा हो , मैले लिम्बू,राई समुदायका मानिसहरुसँग मातृभाषामा बोल्दा उनीहरुले अपनत्वको महसुस गर्छन् जसले गर्दा भाषाले मेरो व्यवसायलाई पनि सहयोग पुगेको छ , यस्ता भाषाहरु व्यवहारमा मात्र नभएर अन्य क्षेत्रमा पनि प्रयोग भए कति राम्रो हुन्थ्यो नि । ” नेपालको अन्तरिम संविधानको धारा ५ ले नेपालमा बोलिने सबैजातिको भाषा राष्ट्र भाषा भनि उल्लेख गरेको छ । संविधानको धारा १७ को मौलिकमा आफ्नो मातृभाषामा अध्ययन गर्न पाउने अधिकार उल्लेख गर्दै स्थानिय क्षेत्रमा मातृभाषामालाई प्रयोग गर्ने अधिकार समेत उल्लेख गरिएको छ । तर कुनै एउटा भाषालाई निश्चित क्षेत्र वा प्रयोजनको निम्ति प्रयोग गर्ने अधिकार प्राप्त नभए सम्म त्यस भाषालाई वास्तविक अधिकार भयो भन्न सकिन्दैन । सामान्य भाषाको प्रयोगको क्षेत्रको रुपमा शिक्षा, संञ्चार, न्याय सेवा, प्रशासन, साहित्य, लिपी,सस्कृति,मौलिक ज्ञान र प्रणालीहरुलाई लिन सकिन्छ ।

यसका लागि के गर्न सकिन्छ ?

हाम्रो भाषिक विविधितालाई बचाएर राख्ने हो भने धेरै अवसर,सम्भावना र उपाय सँग सँगै चुनौतीहरु छन् । त्यसमा पनि आफ्नो मातृभाषालाई लेख्य रुपमा वा विद्युतिय साधनका सहायताले अभिलेखिकरण गर्न सकिन्छ । मातृभाषाको लोकोक्ती, उखानटुक्का, लोककथा,लोकगीत,लोकजीवन,संस्मरण,सम्वाद, पालाम, सेलो, हियारी, मुन्धुमहरुलाई छापा तथा विद्युतियमाध्यमहरुमा व्याख्या विश्लेषण गरेर छपाई राख्न, युटुब, ब्लग, वेवसाइडमा समेत राख्न सकिन्छ । आदिमकाल देखि इतिहास बोकेका हाम्रा गाँउबस्ती, मठमन्दिर,खोलानाला,वनजंगल,हिमाल पहाडका नामकरणहरु आधुनिकताको नाममा अप्रभंश नपारी यथावत नै कायम रहन दिनुपर्छ । जस्तो ताप्लेजुङको पाथीभरालाई मुकुमलुङ नै राख्नु पर्छ । भाषाका शब्दहरु,वाक्य, रचनात्मक बिषयबस्तुहरु सुरक्षित राख्न सकिएको खण्डमा लोप भईसकेको भाषालीपि पुर्नस्थापित गराउन सकिने उदारण इजरायलको हिब्रु भाषालाई लिन सकिन्छ । यसर्थ भावि पुस्ताका लागि आफ्नो पहिचानको भाषा,लिपी,सस्कृति र इतिहास उपहार दिनु पर्छ । भाषालिपीको अध्ययन अनुसन्धान गरेर अभिलेखिकरण गर्नु वर्तमानका पुस्ताहरुको काँधमा जिम्मेवारी आईपरेको छ । अहिलेको ‘भच्र्युअल’ संसारमा विज्ञान र प्रविधिसँग रमाउने पुस्ताहरुले सकेसम्म आफ्नो समदायमा सम्पर्क हँुदा मातृभाषालाई प्राथमिकता दिऔं । हामीले अब केही दिन पहिला १४ फेबु्रअरीको प्रेमदिवसलाई मनाए जस्तै सभ्य र भब्यरुपमा २१ फेब्रुअरीलाई मातृभाषा दिवसको रुपमा विश्वभरी नै मान्न र मनाउन सकौं । सबैलाई ग्लाल्पो लोसारको शुभकामना सहित नोगेन सेवारो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here