सुनचाँदीको मुल्य स्थिर

12

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ।

अघिल्लो साता एकपछि अर्को कीर्तिमान बनाएको सुनको मुल्य आइतबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनको यो अहिलेसम्मकै कीर्तिमानी मुल्य हो । अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मुल्य पनि घटबढ नभएको महासंघको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here