ब्राजिलमा बस दुर्घटना हुँदा चारको मृत्यु

6

ब्रासिलिया । ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताउनु भएको छ ।

गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको मृत्यु उल्लेख गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ ।

घटनामा करिब २० जना घाइते भएको स्थानीय मिडियाले आपत्कालीन उद्धारकर्तालाई उद्धृत गर्दै जनाएका छन् । जबोआटाओका मेयर मानो मेडिरोसले सामाजिक सञ्जाल एक्स मार्फत गम्भीर दुर्घटनाको कारण बारे स्पष्ट भइनसकेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यममा सम्प्रेषण भएको दुर्घटनाको भिडियोमा ठाडो उकालो सडकबाट बस एकाएक तल जुलुसमा सहभागी भएका मानिसहरूको भिडमा बजारिएको देखिएको छ । बस चालक घटनास्थलबाट भागेको स्थानीय मिडियाले जनाएका छन् । एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here