नागार्जुन नगरपालिकाको वातावरण सल्लाहकारमा सिर्जना तिम्सिना नियुक्त

5

काठमाडौं। नागार्जुन नगरपालीकाले पविन्द वाईवा, सिर्जना तिम्सिना र रोजिना गुरुङलाई वातावरण तथा साँस्कृतिक र सामाजिक सल्लाहकारमा नियुक्त गरेको छ ।

नगरपालिकाको चैत २० को निर्णय अनुसार समाज सेवामा सक्रिय वाईवा, तिम्सिना र गुरुंगलाई पद त्याग नगरेसम्मको लागि वातावरण तथा साँस्कृतिक र सामाजिक सल्लाहकारमा नियुक्त गरेको हो । तीनै जना जे. भी. फान्डेसनमा आवद्ध भई लामो समयदेखि सामाजिक क्षेत्रमा कार्य गर्दै आएका छन ।

वाईवा हाल फाउन्डेसन नेपाल रास्ट्रिय समितिको सदस्य सचिव, गुरुंग सचिव र तिम्सिना प्रवक्ताको जिम्मेवारीमा रहेका छन । जे.भि.फाउन्डेसन नेपाल राष्ट्रिय  समितिले बिभिन्न स्थानीय तहलाई बिभिन्न प्रजातिका बिरुवा प्रदान गर्दै आएको छ । नागार्जुन नगर पालिकालाई पनि विभिन्न प्रजातिको रुख बिरुवा ३५ हजार दिएको छ ।


तीनै जनालाई नगरप्रमुख मोहन बहादुर बस्नेतले खादा लगाई बधाई दिनुभएको थियो । सोही अवसरमा जेभी फाउन्डेसनका केन्द्रिय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यको पनि उपस्थिति जनाएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here