साउदी प्रो लिगमा रोनाल्डोकाे ह्याट्रिक

14

एजेन्सी । साउदी प्रो लिगमा रोनाल्डोले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका छन्। मंगलबार राति भएको खेलमा अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै टिमको प्रभावसाली जितमा लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन् । रोनाल्डोले ह्याट्रिक गरेपछि अल नासरले मंगलबार अभालाई ८-० ले पराजित गर्यो ।

सुरुवातबाटै आक्रमक खेलेको अल नासरका लागि रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए। जारी सिजन रोनाल्डोको यो तेस्रो ह्याट्रिक हो। उनको खेल करिअरमा भने यो ६५ औं ह्याट्रिक हो।

त्यस्तै, टोलीका लागि अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलइहिम र अब्दुल रहमान घारिबले समान १-१ गोल गरेका थिए।

खेलमा ११ औं मिनेटमै रोनाल्डोको गोलमार्फत अल नासरले अग्रता लिएको थियो। २१ औं मिनेटमा दोस्रो गोल गर्दा मानेले ३४ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे। रोनाल्डोले र ४४ औं मिनेटमा ह्याट्रिक पूरा गरेको खेलमा सुलइहिमले ४५ औं मिनेटमा अर्को गोल थप्दा पहिलो हाफमै अल नासरले ५-० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि लय कायम राखेको अल नासरका लागि घारिबले ५१ औं तथा अलिवाले ६३ औं र ८६ औं मिनेटमा गोल थपे। अल नासरकोले फराकिलो जित निकाल्दै दोस्रो स्थानमा कायम रह्यो।

अंक तालिकामा अल नासरको २६ खेलमा ६२ अंक बनाएको छ। शीर्षस्थानमा रहेको अल हिलालको समान खेलमा ७४ अंक छ। अल हिलालभन्दा १२ अंकले पछाडि रहेको अल नासरलाई उपाधि जित्न भने मुस्कील देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here