बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने

6

मकवानपुर । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

सभामुख भुवनकुमार पाठकले आजसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले जनाए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।

सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए ।

बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here