काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएको र मर्मतका लागि टोली परिचालन गरिएको जानकारी दिए ।
अन्य सामान्य खालका मर्मत स्थानीय प्राविधिकहरुले नै गर्न सक्ने तर विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको उपकरण भएकाले विशेष टोली बुटवलबाटै पठाउनु परेको उनले बताए ।