“रुप्स्या माया” सार्वजनिक

37

काठमाडौं । रेखा जोशी र रुपेश बोहराको स्वर रहेको  गीत  “रुप्स्या माया” सार्वजनिक भएको छ ।

रुपेश सिंह बोहराको लय, शब्द र प्रतिमा बम्मको अभिनयमा रहेको देउडा गीत “रुप्स्या माया” हाम्रो नेपाली आवाज युट्युब च्यानलबाट सार्बजनिक भएको छ।

यो सूदुर तथा कर्णाली प्रदेशमा प्रचलित देउडा भाका अन्तर्गत पर्दछ। मारुनी डिजिटलमा रेकर्ड भएको यस गीतको कोरस आवाजमा संगीता बडुवाल, कल्पना मल्ल, महेश भट्ट र रेबन सुबेधीले साथ दिएका छन् भने यस गीतलाई केशब बडूले एरेन्ज गरेका हुन् । गीतको रेकर्डिङ सुमन राना अनि मिक्सिङ कुमार रानाले गरेका छन्  ।

महेश महाराले छायांकन गरेको उक्त गीतलाई लामो समयदेखि देउडा गीत संगीत निर्देशन गर्दै आएका भिम थापाले भिडियो निर्देशन गरेका छन् भने प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here