विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

21

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनविरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकज विक्रम नेम्पाङ, महासचिव किरण राई, सिईओ ईन्द्रमान तुलाधर लगायतले आईतबार टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाली टोलीमा २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ । दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियाको दमाममा खेल्नेछ । नेपालले युएईविरुद्ध जुन ६ र यमनविरुद्ध जुन ११ मा खेल्दैछ ।

दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि न्युट्रल भेन्यू अर्थात् साउदी अरबमा खेल्न लागेको हो ।

एएफसीले दशरथ रंगशाला निरीक्षण गरेपछि मैदानको पिच, फ्लड लाइट र सुरक्षाको कारण देखाउँदै दशरथ रंगशालामा खेल खेलाउन लायक नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । ‘जुन ६ को खेल हाम्रो होम म्याच थियो तर हामीले प्राविधिक कारण न्युट्रल भेन्यु खोज्नु परेको हो । हामीले साउदीलाई गरेको अनुरोलाईलाई स्वीमार गर्पछि त्यहाँ खेल्न लागेको हो ।’ एन्फा अध्यक्ष नेम्वाङले भने ।

यस्तै नेपालले यमनसँग अवै म‌दानमा खेल्ने खेल पनि साउदीमै खेल्न लागेको अध्यक्ष नेम्वाङले जानकारी दिए ।यो दुई म्याच नेपालको लागि महत्वपूर्ण रहेको र प्रशिक्षक र खेलाडीहरुको मिहिनेतले यो दुई म्याचमा नेपाली टिमले महत्वपूर्ण प्रदर्शन गरेर अंक बटुल्ने विश्वास लिएको अध्यक्ष नेम्वाङले बताए ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । जसमा आयुष घलानले पुनरागमन गर्दा बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान पाएका छन् । यस्तै यसअघि बहराइनविरुद्धको खेलमा टिममा नरहेका रोहित चन्द पनि टिममा परेका छन् । नेपालका लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट भने चोटका कारण टिममा छैनन् ।

२३ सदस्यीय नेपाली फुटबल टोली

गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार,

रक्षकः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई

मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई

फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here