छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक

19

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ ।

महानगरका अनुसार ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका छन् । त्यही सूची महानगरपालिकाले गोरखापत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरेको हो ।

विद्यालयहरूले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम छ । तर कतिपयले त्यो नियम पालना नगरेको पाइएपछि महानगरपालिकाले नियम पालना गर्न ताकेता गर्दै आएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ मा सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ ।

महानगरको ताकेतापछि जेठ २३ गतेसम्ममा ४७३ संस्थागत विद्यालयहरूले छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका थिए । विवरण बुझाउन बाँकी विद्यालयहरुलाई तीन दिनभित्र बुझाउन पनि महानगरपालिकाले भनेको छ ।

छात्रवृत्तिका लागि कुन विद्यालयमा कति सिट सुरक्षित ? हेर्नुहोस्

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here