प्रधानमन्त्री र भारतीय नवनियुक्त संघीयमन्त्री जयशङ्करबीच वार्ता

6

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनबारे कुरा भएको छ । साेही अवसरमा प्रधानमन्त्रीले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई तथा कार्यकाल सफलतको शुभकामना दिए ।

उनले आगामी दिनमा दुई देशबीचको आपसी एवम् जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । मन्त्री जयशंकर दोस्रो कार्यकालमा पनि भारतीय विदेशमन्त्रीको भूमिकामा रहने सम्भावना छ । त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद दिए ।

उनले दुई देशबीच भएका सम्झौता एवम् समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको जनाए  । तिनमा सन्तोषजनक प्रगति भइरहेको जानकारी पनि जयशंकरले प्रचण्डलाई दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here