बजारमा सुनको मूल्य स्थिर

6

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि बुधबार पनि सुनको मूल्य १ लाख ४१ हजार ६०० रूपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा १० रूपैयाँले घटेर १८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here