असल समाजसेवी कसलाई भन्ने

41

– दिपेश कुमार शाह

अनि यो कस्तो विवश्ता मृत्यु शैंयामा छट्पटाई रहेको र आफन्तको अन्तिम सहारा खोजिरहेको त्यो प्रियजनको नजिक पुगेर अन्तिम बिलौना पोख्दै अश्रुधारा उसको मुहारमा बगाउन पनि नपाइने अवस्था। हो, अस्पतालको शैयामा घिटी–घिटी हुँदै जीवनको अन्तिम सास–प्रस्वासको छट्पटाहटले तड्पिँदै छ,एउटा कोरोना संक्रमित बिरामी । यो संसारबाट सदाका लागि विदा हुँदैछु भन्ने पनि लाग्दो हो र वरीपरि आँखा डुलाएर आफन्तजनलाई अन्तिम पटक नियाल्दै नियास्रो मेटेर मरुँ जस्तो पनि हुँदो हो उसलाई ।

हुनपनि आफ्नो जीवनसाथी, बाबु–आमा , छोरा–छोरी अन्य आफन्तजनलाई अन्तिमपटक मुख देखेर मर्ने धोको कसलाई नहोला र ? वक्य नफुटेर सासै–सासले त कोही इशाराले पानी… पानी… भनेर छट्पटाउँदा पनि एक थोपा पानी मुखमा राखिदिने कोही नहुँदा कोरोना संक्रमित छट्पटिदै र तट्पिदै यो संसारबाट बिदा भएका घटनाहरु देखियो,सुनियो । मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन् । युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरुले सामाजिक काममा आ-आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरुको सामाजिक कार्यमा सक्रियतालाई संकेत गरिरहेको छ । जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवियताको आवश्यकता छ ।

सामाजिक कार्यको विकास १९ औं शताब्दी अगाडि भएको हो। सामाजिक कार्यले विभिन्न संस्थाहरुमा र संस्थाहरुमार्फत सहयोग दिलाउने काम गर्दछ। यसको सुरुवात व्यक्तिहरुले दिने दान या चन्दाबाट सुरु भएको हो। यो दान या चन्दा धार्मिक संगठन र निसहायहरुका लागि केही व्यक्तिहरुले दिन सुरु गरेपछि अन्य व्यक्तिले पनि सिको गरेर यसको अवधारणा सुरु भयो। यसको अवधारणा सुरु हुँदा त्यसबेलाको समाज धर्मभीठहरु थियो। र, धर्मकै नाममा मान्छेहरुले नजानिँदो तरिकाबाट समाजसेवा वा सामाजिक कार्यलाई अपनाउँदै गए। यो प्रक्रियाले विभिन्न ठाउँ र देशमा नजानिँदो तरिकाले प्रसारवादको रुप लिइरह्यो र विशेषगरि औद्योगिक क्रान्तिपछि मूर्तरुप लिन पुग्यो। मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ ।

जति अरुलाई सेवा गर्यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरुले पनि बताएका छन् । जुनसुकै धार्मिक ग्रन्थमा पनि समाजसेवा गर्नुपर्ने र यसले पुण्य मिल्ने कुराहरु कुनै न कुनै रुपमा लेखिएका छन् । हिन्दु धर्मग्रन्थहरुमा उल्लिखित ‘परोपकार पुण्याय पापाय परपीडनम्’ उक्तिले नै सार बोकेको छ । मुसलमान सम्प्रदायले आफ्नो आयको हिस्सा गरिब गुरुवालाई बाँड्ने गरेका छन् । क्रिश्चियन सम्प्रदायमा पनि यस कुराको मान्यता छ । सत्य साई बाबाले पनि समाजसेवालाई महत्व दिएका छन् । धर्म मात्र नभएर सामाजिक अनि आत्मिक हिसाबले सोच्ने हो भने पनि समाजसेवा ठूलो कुरा हो । विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरुले राहत पाउन सकेका छन् । राज्य वा ठूला निकायको मात्र भर पर्ने हो भने विश्व कति दुःखले भरिन्थ्यो होला । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवाभावले गर्ने सहयोगले कसैको अहित हुँदैन । बरु यसले दान गर्नेलाई पनि भावी दिनमा अप्ठेरो परे दान पाउने बाटो खोल्दछ । सामाजिक कार्य या समाज–कार्यको छोटो अर्थ समाजका लागि गर्ने काम हो। यो आफ्नो व्यक्तिगत कामभन्दा फरक हुन्छ। यसमा आफ्नो घर परिवारभन्दा बाहिर अन्य घर परिवारका पारिवारिक सदस्यहरुदेखि ठूलो समुदाय हुँदै सिंगो राष्ट्रलाई पनि सहयोग गर्न सकिन्छ।

बास्तवमा सामाजिक कार्य यस्तो कार्य हो, जहाँ सामाजिक विज्ञानको मागमा रहेका विभिन्न मानव जीवन, व्यवहार, सामाजिक समूह र सामाजिक कार्यहरुका बारेमा अध्ययन गरिन्छ। यस्ता विज्ञानहरुमा मूख्यतः समाजशास्त्र, मानवशास्त्र, व्यवहारिक ज्ञान, व्यवस्थापन, जनसंख्या, शिक्षा, भूगोल, इतिहास, कानून, राजनीतिशास्त्र, मनोविज्ञान, प्रशासन आदिहरु पर्छन्। मानिसहरु समाज सेवा गर्न किन रुचाउछन भन्दा पनि समाजसेवा एउटा मानवीय धर्म हो र हर मानिसमा मानवियता हुन्छ । समाजसेवा आत्मचाहाना हो र आत्मा सन्तुष्टिका लागि मानिसले गर्ने गर्छ । समाजसेवा निस्वार्थ हुनुपर्छ नै तर आजभोली हर क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएको भने छ । तर यी सबै कुराहरु सिद्धान्तमा मात्र छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यस्लाई अनुसरण गरेको पाइँदैन । सिद्धान्त अनुसार चल्ने हो भने नाम अनुसार सबै काम हुन्छन् ।

समाजसेवी शब्द जस्तो छ नि त्यस्को पनि मान राख्नु पर्दछ । तर यहाँ के भएको छ भने मानिसको अन्तिम बिन्दु समाजसेवीको नाममा अडकिएको छ । समाज सेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम संचालकले सम्मान गरेको देखका छौ । वास्तवमा के तिनीहरु सबै समाजसेवीको दायरामा पर्दछन् या समाजसेवीको बिल्ला राख्नको लागि साँच्चिकै हुन् त समाज सेवा भनेको परोपकार हो । परापुर्व कालदेखि नै समाज सेवाको थालनी ईतिहासले देखाएको छ । ब्रम्हाण्डभर समाज सेवाका प्रसस्त संघ तथा संस्थाहरु उम्रेका छन् ,समाज सेवी पनि त्यतिकै बिश्वमा प्रख्यात समाजसेविको सुची पनि छ तर यिनीहरु बिश्वभरि नाम कमाएका छन् । तन, मन र धनले समाजप्रति भिजेका छन् र यिनीहरु राष्ट्रका बिभुति कहलिन्छन समाज सेवा मानवतासँग सम्बन्धित हुन्छ र मानवता प्रति देखाएको श्रद्धा नै समाज सेवा हुन् जान्छ ।

समाज सेवा र समाज सेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन् समाज सेवाको भित्र स्वार्थ लुकेको हुनु हुँदैन र समाज सेवीको हृदय नाङ्ग्लो जत्रो हुनु पर्छ । तसर्थ समाजसेवा अन्य व्यवसायभन्दा भिन्न र आत्मसन्तोषी पनि हुन्छ। समाजसेवामा वैयक्तिक आधार, समूह अथवा समुदायको सहायता लिइने भएको हुनाले यसलाई सभ्य, शिष्ट र अनुशासित बनाउन सम्बन्धित व्यक्ति या समाजको सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक पक्षहरुको पनि अध्धयन गर्नुपर्छ। नत्र यसले सम्बन्धित व्यक्ति, परिवार, समुदाय वा सिङ्गो समाजलाई नै नराम्रो प्रभाव पार्न सक्छ। यस्तै गोजी र झोली संघसंस्थाकै निम्ति मन्त्रीले सचिव कुटेका समाचार पनि हामीले पढेकै छौं। अनि, सामाजिक संघसंस्थामा सामाजिक कार्यकर्ता या कर्मचारीहरु कसरी छनौट हुन्छन्, त्यो सुनेकै छौं, समाचारमा पनि पढ्न पाएकै छौं। ती संघसंस्थाले कसरी कार्यक्रम चलाउँछन्, के गर्छन्, कति बिल पेश गर्छन्, राजनीतिक दल र सरकारमा भएका मान्छेलाई कसरी प्रभावमा पार्छन्, त्यो पनि पढेकै छौं, सुनेकै छौं। समाज सेवाको नाममा कही कतै ब्रम्हलूट पनि भएको हामीले समाचार सुनेका छौ ।

समाजसेवीको नामबाट गलत क्रियाकलाप पनि नभ महिले बुझेको समाजसेवा व्यक्तिगत स्वार्थभन्दा माथी उठेर समाजको सर्वोपरि हितको निम्ती लाग्नु हो “ कुनै पनि समाज सहृदयी एवं दूरदृष्टि भएका सामाजिक अभियन्ताका सत्प्रयासले अग्रगमनतर्फ अघि बढिराखेको हुन्छ । समाज सुसंस्कृत र समृद्ध हुन यस्ता व्यक्तित्वको सोच र चिन्तन अपरिहार्य हुन्छ । देशभरि नै यस्ता समाजसेवीको कमी छैन तर मोफसलका यस्ता मान्छेको पहिचान र कदर भने राज्यले विरलै गरेको पाइन्छ । हुन त यस्ता समाजसेवी कदरपत्र वा नामका लागि, केही पाइएला भन्ने उद्देश्यले सामाजिक रूपान्तरणका लागि जीवन उत्सर्ग गरेका हुँदैनन् तर नयाँ पुस्तालाई सामाजिक रूपान्तरण गर्ने अभियानमा यस्ता व्यक्तित्वको जीवनीले अभिप्रेरित गरिरहेको हुन्छ ।

व्यवसायिकताको विकास भैरहेको वर्तमान परिप्रेक्षमा सबै सामाजिक कार्य सामाजिक सेवा होइन । त्यो पनि समाजका अन्य पेशा जस्तै एउटा पेशा हो । अब पुनः परिभाषित गर्नुपर्छ – सेवा कर्म हो । कर्मलाई असल नियतले गर्नु चाहिं धर्म हो । त्यसैले तपाई हाम्रा सेवकहरुले कुन नियतले सेवा गर्दैछन्, सेवा गर्ने सामथ्र्यताको श्रोत के हो, प्रश्न गर्ने बानी बसालौं ? होइन भने कौटिल्यले अर्थशास्त्रमा भनेजस्तै माछाले कतिबेला पानी खान्छ हामी पत्तो नै पाउँदैनौं । उसले जमिनमा आएर थोरै ओकल्दा हामी उसलाई सेवक भनी ठानिरहन्छौं । आशा गरौं, समाजको यो भावनालाई बुझ्ने र आलोचना खप्न सक्ने तथा आत्माआलोचना गर्न सक्ने इमान्दार सामाजिक व्यक्तिहरुलाई अब समाजले चिन्नुपर्छ र अगाडि ल्याउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here