माओवादी केन्द्रकाे संसदीय दलको बैठक जारी

10

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरू भएकाे छ ।

बैठक दिउँसो २ बजेदेखि दलकै कार्यालयमा बसेकाे छ । साे बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल हुने नेकपा माओवादी केन्द्रकी सचेतक रुपा सोशी चौधरीले जानकारी गराइन् ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले बाहिरिएपछि अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरिसकेको छ । कांग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् । माओवादी केन्द्रले समग्र राजनीतिक परिस्थितिको जानकारी सांसदहरुलाई गराउन पनि दलको बैठक बोलाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here