प्रचण्डले १८ महिने कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए

34

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा आफ्नो १८ महिने कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

सोमबार सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमार्फत अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारलाई सफल बनाउन भूमिका खेल्ने मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत सबैलाई धन्यवाद दिएका हुन्।

‘तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो,’ उनले लेखेका छन्। उनले कानुन नागरिक समाज, सञ्चारकर्मी, सामाजिक संघसस्था र आम जनसमुदायलाई पनि धन्यवाद दिएका छन्।

प्रचण्ड शुक्रबार पदमुक्त भएका थिए। उनको बहिर्गमनसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here