सामान्य अर्थमा भन्नु पर्दा जेष्ठ नागरिक भन्नाले साठ्ठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई जनाउँदछ । नेपालमा जेष्ठ नागरिकहरुका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक नेपालको संविधानले प्रत्याभूत गरेको पाइएता पनि जेष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली तथा राष्ट्रिय कार्य योजना कार्यान्वयनमा आएको छैन । एक अध्ययन अनुसार नेपालमा कूल जनसंख्याको ८.१३% जेष्ठ नागरिक रहेको छ ।
नेपाल सरकारले जेष्ठ नागरिकको जीवन जिउन सहजताका लागि जेष्ठ नागरिकहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता ६८ बर्ष पूरा गरेका जेष्ठ नागरिकले मासिक भत्ता ४ हजार पाउने गरेको भएता पनि त्यो प्रयाप्त छैन । सरोकारवाला निकायबीच समन्वयका लागि केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति र सबै जिल्ला तथा स्थानीय तहमा ज्येष्ठ नागरिक कल्याण समिति गठन भएको छ । बेसाहारा ज्येष्ठ नागरिकलाई आश्रय सहितको सेवा उपलब्ध गराउन पशुपति लगायत अन्य नगन्य स्थानमा सरकारी निकायका रुपमा बृद्धाश्रम सञ्चालन हुँदै आएको छ । यसका अलावा विभिन्न संघसंस्थाहरुको समझदारीमा केही वृद्धाश्रम सञ्चालन रहेको छ ।
ज्येष्ठ नागरिकहरुलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्ने तथा निजहरुमा रहेको ज्ञान सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरु प्रति श्रद्धा आदर तथा सद्भाव अभिवृद्धि गर्नुका राज्यद्वारा तोकिएको सेवा एवम् सुविधाको उचित व्यवस्थापन गरी नेपाल संविधानको अनुसूची ८ को क्र.सं. १६ बमोजिम तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम नगर कार्यपालिकाको लागि कार्यविधि लागू गरेको भएता पनि शारिरिक मानसिक रुपमै अशक्त भएका जेष्ठ नागरिकहरु अभैmपनि परिवारबाटै तिरिस्कृत जीवन जिउन बाध्य भएको छ । वि.सं. २०८१ श्रावण १ गते मंगलबार नेपालको मोरङ जिल्लाको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा लगेर आफ्नै छोराबुहारीले ७० बर्षीय जामुनलाल झाँगडलाई जंगलमा छाडेको घटना बाहिरिएको छ । देवीदेवता सरहका जेष्ठ नागरिकलाई गरिने यस्ता अमानीय व्यवहार गर्ने छोरा बुहारीको खोजतलाश गरी कारबाही गर्नुपर्ने देखिन्छ । यस्तो अमानवीय व्यवहार गर्नेलाई हदैसम्म कारबाही गर्नुपर्दछ ।
नेपालमा ६०–६८ वर्ष सम्मका उमेर समूहका अभैm पनि निरन्तर बौद्धिक एवम् श्रममूलक कार्यमा संलग्न रहेको देखिनु हरेक दृष्टिकोण सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । अभैm पनि सरकार जेष्ठ नागरिकका ज्ञान सीप अनुभूति ज्ञाने श्रमसीपको उचित कदर गरि उनीहरुबाट भावी पुस्ताले सिक्ने विभिन्न उत्पादनमूलक कार्यमा सरकार चुकेको देखिन्छ । हाम्रो मुलुकमा नागरिकको आपेक्षित आयु हाल ६९ वर्ष मात्र रहेको छ ।
नेपालमा अधिकारको बहस गर्दा गर्दा ज्येष्ठ नागरिकका अधिकारलाई पनि महत्वपूर्ण अधिकारको रुपमा बहस गर्न थालिएको छ । ज्येष्ठ नागरिक सामान्यता ६० वर्ष उमेर पार गरेका मानिसहरु पर्दछ । देशको जनसंख्याको ठूलो हिस्सा ज्येष्ठ नागरिक भएका कारणले बहसले प्राथमिकता पाएको कुरा समावेश गरिएको छ । अहिले विश्वका झन्डै १५% मानिस ६० वर्ष उमेर माथिका छन् । सन् २०५० सम्ममा यो संख्या बढेर २१% पुग्ने अनुमान गरिएको छ ।
वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा २५ लाख ३० हजार मानिस ६० वर्ष माथिका छन् । यो नेपालको कूल जनसंख्याको झण्डै १०% प्रतिशत हो । विश्वका अहिले ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७७ करोड भएको अनुमान गरिएको छ । यो संख्यामा वृद्धि भएर दुई अर्व पुग्ने अनुमान गरिएको छ । तर विश्वको यति ठूलो जनसंख्या ओगटेको वर्ग दिनानुदिन उपेक्षित भइरहेको छ । विगतमा ज्येष्ठ नागरिक समाजका सम्भावित व्यक्तित्व हुन्थ्यो । संयुक्त परिवारमा रहँदा ज्येष्ठ नागरिकको भूमिका नेतृत्वदायी हुन्थ्यो । पश्चिम मुलुकमा सुरु भएको व्यस्त जीवनशैलीका कारण विगत केही बर्षदेखि ज्येष्ठ नागरिक असह्य हुनुका साथै उनीहरु आफ्नो अधिकारबाट समेत बञ्चित भएका छन् । तर पछिल्लो समयमा ‘सानो परिवार सुखी परिवार’ धारणाका कारण संयुक्त परिवार स—साना टुक्रामा विभक्त हुन थालेपछि ज्येष्ठ नागरिक परिवार भित्रै अलपत्र पर्न थालेको छ । जीवनयापन गर्न पाउनुपर्ने नागरिक अधिकारबाट बञ्चित हुन थालेपछि पछिल्लो समयमा ज्येष्ठ नागरिकको अधिकारका सवालमा बृहत रुपमा बहस चल्न थालेको छ । तसर्थ ज्येष्ठ नागरिकप्रति राज्यको नीति बनाउने हो भने नेपालको संविधानको धारा ४१ मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५ को नियम २५ अनुसार ज्येष्ठ नागरिकहरुलाई परिचय दिने अवस्था लगायत ज्येष्ठ नागरिक परिचय पत्र वितरणमा आधार हुन्छन् । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने निजहरुमा रहेको ज्ञान ज्ञान सीप सभ्यता र अनुभवको सदुपयोग गरी निजहरुप्रति, श्रद्धा आदर तथा सुझावको अभिवृद्धि गर्ने सम्बन्ध आफन्तकाल व्यवसथा गर्ने वाञ्छनीय भएकोले प्रतिनिधि व्यथाको घोषणा २०६२ जारी भएको पहिले वर्षमा प्रतिनिधिसभाले यो ऐन नियम नेपाल सरकारले बनाएको पाइन्छ ।
नेपालको जनगणना २०६८ अनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या एवम् २१ लाख ५४ हजार तीन र कुल जनसंख्याको ८.१० १३५ ती रहेको छ । २०६५ मा आइपुग्दा यो संख्या बढेर ३० लाख पुगेको अनुमान गरिएको छ । ती मध्ये झण्डै “दुई हजार” जना ज्येष्ठ नागरिक घरपरिवारबाट बाहिर पराजित छन् । पराजित भन्नाले आप्mनो घरपरिवारबाट विछोड भएका परिवारबाट हेला गरिएका मानसिक सन्तुलन गुमाई परिवारबाट विच्छे्द भएका बृद्धाश्रम पुगेकोदेखि आध्यात्मिक सन्तुलितका लागि स्वेच्छाले घर छोडी धार्मिक स्थलमा सञ्चालित बृद्धाश्रममा आश्रित लिई बसेका सम्म छन् ।
नेपालमा हालसम्म ५३ जिल्लामा १५० को हाराहारीमा वृद्धाश्रम ज्येष्ठ नागरिक हेरचाह केन्द्र, क्लब चौतारी जस्ता संघ संस्थाहरु सञ्चालनमा रहेका छन् । तर त्यस्ता संस्थाको सञ्चालनमा एकरुपता भने कुरा पाइँदैन । संस्था कुनै निश्चित मापदण्ड, नियम, निर्देशनबाट सञ्चालित नभएर स्वतः स्फुर्त रुपमा सञ्चालित हुन नै सञ्चालनमा एक रुपता नहुनु हो । गैरसरकारी क्षेत्रबाट खुलाएका संघसंस्थामा सरकारको आर्थिक सहयोग भए पनि त्यो अन्त्य न्युन संख्यामा ज्येष्ठ नागरिक रहेका बृद्धाश्रममा ठूलो रकम सहयोग दिएको पाइन्छ । वृद्धाश्रम सरकारबाट सञ्चालित भए पनि अधिकार वृद्धाश्रम कुनै व्यक्ति सामाजिक संस्था वा धार्मिक संगठन र मठमन्दिर व्यवस्थापन समितिहरुबाट सञ्चालन भएको पाइन्छ । पहुँचको आधारमा लिने–दिने त्यस्तो सहयोगको वास्तविक परासय ज्येष्ठ नागरिक लाभान्वित हुन सकेको छैन । prakashkumarsah99@gmail.com