बैंककस्थित पाँचतारे होटलमा ६ व्यक्ति मृत

9
एजेन्सी ।  थाइल्याण्डको बैंककस्थित पाँचतारे होटलमा ६ जना व्यक्ति मृत भेटिएका छन्। मंगलबार बैंककको ग्राण्ड ह्यात होटलको पाँचौं तलाको एउटै कोठामा ६ जना मृत भेटिएका हुन्।

चौबिस घन्टासम्म उक्त कोठामा बसेकाहरूले काउन्टरमा सम्पर्क नगरेपछि र निर्धारित समयमा चेक आउट नगरेपछि होटलका कर्मचारी उनीहरूको स्थिति बुझ्न गएका थिए।

बैंककको मेट्रोपोलिटन पुलिस कमिश्नर थिति सेङस्वाङका अनुसार मृत भेटिएकाहरूलाई विष सेवन गराएको हुनसक्ने बताएका छन्।

सबै मृतकहरूको शरीरमा कुनै पनि चोटपटक नदेखिएको र कोठामा सेतो पाउडरजस्तो देखिने पदार्थ भेटिएको उनले जनाए।

उनीहरूसँगै होटलमा बसेका एक जना फरार छन्। तीनै फरार व्यक्तिले बाँकी ६ जनालाई विष सेवन गराएको हुनसक्ने कमिश्नर सेङस्वाङले बताएका छन्।

मृतकहरूमा चारजना भियतनामका र दुई जना भियतनामी अमेरिकी रहेको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीले फरार रहेका व्यक्ति नै अभियुक्त रहेको आशंकामा ती व्यक्तिको खोजी गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here