काठमाडौं । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । यसको तीव्रता ४.२ म्याग्निच्युडको थियो । आठ दिन अघि साउन १२ गते पनि ताप्लेजुङ नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । खेन्जिम केन्द्रबिन्दु भएको सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको भूकम्प मापन केन्द्रको भनाई छ ।
त्योभन्दा अघि असार २६ गते जिल्लाको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । बिहान १ बजेर ४६ मिनेटमा गएको सो भूकम्पको तीव्रता ४.४ म्याग्निच्युडको थियो ।