रास्वपाका सह–महामन्त्री आचार्यसँग सहकारी ठगी प्रकरणमा बयान लियाे

11

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीनकुमार आचार्यसँग सहकारी ठगी प्रकरणमा बयान लिइएको छ । सहकारी संस्था वचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आइतबार समितिको बैठकमा उनको बयान लिएको हो ।

आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप लागेको छ । समितिले कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूसँग बयान लिँदै आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here