दिपेश कुमार शाह
शिक्षा ज्ञान भन्ने बित्तिकै औपचारिक रुपमा स्कूल, क्याम्पस आदिमा र अनौपचारिक रुपमा घरमै सिक्ने तथा सिकाउने अनि अध्ययन गर्ने गराउने वा पढ्ने बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बुझाई वा ज्ञान शिक्षा हो । शिक्षा ज्ञान मानव जातिको तेस्रो चम्किलो आँखा भएकाले आजको युगमा यसको निकै ठूलो महत्व छ । शिक्षा विना मानिस ज्ञानको अन्धो हुन्छ । सिङ र पुच्छर नभएको जीव सरह हुन्छ । शिक्षा आजका मान्छेको एक महत्वपूर्ण गहना भएकोले आज यसको महत्व निकै ठूलो छ । शिक्षा सबैको आधारभूत आवश्यकता हो । हाम्रो लागि शिक्षा प्राप्त गर्नु खाना, लुगा र आश्रय पाउनु जत्तिकै अति आवश्यक छ । असल बिद्यार्थीले घर बाट शिक्षा लेन सक्नु हुन्छ । बिधालय क्याम्पसबाट पनि शिक्षा प्रदान गर्न सक्दैन। किनभने उहाँलाई मेहनत गर्नुपर्छ। बिना मेहनतको शिक्षा बिना जिन्दगी आन्धो छ नेपालको पछाडि रहने मुख्य उदेश्य के होला त शिक्षा नै हो मन्छे बिदेश गएपाछी रुन छ्न सबै शिक्षाको कारणले हो नेपालीहरु लाई दु:खद जेल्ने बानी छ ।
सरल शब्दहरुमा, शिक्षाको अर्थ ज्ञान र विचार प्राप्त गर्नु हो । शिक्षा मानव जातिको सुन्दर गहना हो । यसले समाजमा मानिसको इज्जत र मान प्रतिष्ठा बढाउँछ । समाजमा शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छ । मानिसलाई शिक्षाले दिने सुख आमाले दिने सुख जस्तो महान हुन्छ । र असल शिक्षाले हामीलाई सुख दिन्छ । यसले मानिसलाई दरो बनाइदिन्छ । त्यसैले, शिक्षा वा विद्या कुनै पनि व्यक्तिको अमुल्य सम्पति हो । पढे लेखेको व्यक्तिले कहिले पनि दुःख पाउँदैन भन्ने कुरा पनि ठीक हो । शिक्षा नै हरेक किसिमका उन्नतिको मुहान भएकाले यसैबाट व्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन् सक्दछ । आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो । यसले मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्रदान गर्दछ र जीवन र समाजको लागि महत्वपूर्ण छन् । शिक्षा विभिन्न पक्षहरुको बारेमा जानकारी प्राप्त गर्ने प्रक्रिया हो । शिक्षा दुई तरिकाबाट प्राप्त गर्न सकिन्छ, औपचारिक र अनौपचारिक । औपचारिक शिक्षा स्कूल, कलेज, वा विश्वविद्यालयमा सामेल गरेर प्राप्त गरिन्छ जब कि अनौपचारिक शिक्षा परिवार, समाज, र राष्ट्रमा हाम्रो अनुभवको माध्यमबाट प्राप्त हुन्छ । शिक्षा सामान्यतया शैक्षिक संस्थाहरुको माध्यमबाट ज्ञानको रूपमा मानिन्छ तर शिक्षाको प्रक्रिया जन्मबाट शुरू भएर मृत्युसम्म हुन्छ ।
मानव जीवनमा शिक्षाको धेरै महत्व छ । यसैले यो भनिन्छ कि शिक्षा मानवको एक अमूल्य सम्पत्ति हो । भौतिक गुणहरु नष्ट हुन सक्छ तर कोहीद्वारा प्राप्त शिक्षा उनको सम्पूर्ण जीवनको लागि रहन्छ । शिक्षाले नै गर्दा मानिसलाई पृथ्वीमा अन्य जीवित प्राणीहरुबाट अलग बनाँउछ । व्यक्तिगत जीवनको महत्वको अलावा, शिक्षा समाजको लागि पनि महत्वपूर्ण छ । एक शिक्षित व्यक्ति अनुशासित र सभ्य हुन्छ । उसलाई थाहा छ कि के गलत र के सही छ । शिक्षित व्यक्ति समाजमा एक राम्रो स्थिति राख्दछ । जसले अन्य व्यक्तिहरुलाई अनुशासन र शिष्टाचार बन्न सिकाउँछ । त्यसैले ऊ सधैं अरुद्वारा सम्मानित हुन्छ । अर्कोतर्फ अशिक्षित वा अज्ञानी व्यक्ति सधैं मूर्ख काम गर्दछ र जीवनमा उचित निर्णय लिन सक्दैन । नभएको मानिस पशु सरह हुन्छ र यसले समाजमा मान पनि पाउँदैन । ऊ प्रायशः समाजमा अपमानित हुन्छ । उसमा राम्रो गुण र शिष्टाचारको कमी छ । अशिक्षित मानिस भौतिक दृष्टिले जतिसुकै सम्पन्न भए पनि उसले भित्रि मनका सुख प्राप्त गर्न सक्दैन । आजको युगमा अशिक्षित मानिसले केही पनि गर्न सक्दैन अनि अशिक्षित नागरिकहरुबाट कुनै पनि राष्ट्रले उन्नति गर्न सक्दैन ।
घर पहिलो विद्यालयको स्वरुप मानिन्छ । त्यसैले परिवारका बूढा सदस्यहरुलाई राम्रो बानी बसाल्नका लागि प्रयास गर्नु पर्छ, । उनीहरुलाई स्वास्थ्यको बारेमा सूचित गर्नुपर्छ र उनीहरुलाई एक तरिकाले सम्झाउने कोसिस गर्नु पर्छ कि उनीहरुले के गर्ने र के नगर्ने मात्र उनीहरु बुझ्न सक्छन् ।
एक बच्चा आफ्नो आमा बुबाद्वारा प्रदान गरिएको ज्ञानको माध्यमबाट सामाजिक र सांस्कृतिक मापदण्डहरुको बारेमा जान्न पाउँछ । सामाजिक विश्वास, धर्म, संस्कृति, विचारधारा, दर्शन, साहित्य शिक्षाको माध्यमबाट विकीर्ण छन् । शिक्षा राष्ट्रको लागि पनि मूल्यवान छ । राम्रो स्तरको शिक्षा भएको देशमा दक्ष जनशक्ति विकासको लागी आवश्यक हुन्छ । यदि नागरिक शिक्षित छन्, उनीहरुको देशको आर्थिक, सामाजिक, र वित्तीय स्थितिको उत्थानको लागी देशको विभिन्न क्षेत्रहरुमा रोजगार पाउँछन् ।
मानिसले शिक्षा आर्जन गर्ने स्कूल, क्याम्पस आदि हुन् । यीनै ठाउँमा विद्यार्थीको ज्ञान रूपी आँखा खुल्दछन् । ज्ञान आर्जन गरिसके पछि व्यक्ति भित्रको अज्ञानताको अन्धकार हराउँदै जान्छ । अनि मानिस मूर्ख नभई ज्ञानी हुन्छ । आजको युगमा अशिक्षित मानिसले खुब दुख पाउँछ । अशिक्षित मानिसले पशुको जस्तै नारकीय जीवन भोग्नुपर्ने हुन्छ । त्यसैगरी शिक्षित मानिसको दिमागमा अन्धविश्वास पनि जरा गाडेको हुन्छ । अन्धविश्वासमा अल्झेका मानिसको उन्नति हुन् सक्दैन ।
नारी र पुरुष दुवै शिक्षित भए भने मात्र समाज वा राष्ट्रको उन्नति हुन् सक्छ । नारीले पनि पुरुष सरह पढ्न पाउनुपर्ने कुरामा सबैले जोड दिनु अति आवश्यक छ । अझै पनि हाम्रो देशका कतिपय ठाउँमा छोरीहरूलाई पढाउने गरिँदैन । यसरी छोराहरू मात्र शिक्षित भई ठाउँमा छोरीहरू शिक्षित भएनन् भने शिक्षाको कुनै अर्थ रहँदैन । नारीहरू अशिक्षित हुँदा समाज र राष्ट्रको विकास पुरा नभई अधुरो रहन्छ ।
विद्यार्थीहरु ती व्यक्तिहरु हुन् जो शिक्षा प्राप्त गर्ने उद्देश्यको लागी बिभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गर्छन् । एकै समयमा, उनीहरु धेरै चीजहरु जान्दछन् र उनीहरु शारीरिक र मानसिक रूपबाट विकसित हुन्छन्, र कुनै पनि चिन्ता बिना आफ्नो बचपनको आनन्द लिन्छन् । विद्यार्थी जीवन सबैका लागि एक धेरै महत्वपूर्ण समय हो । यस समयको दौरान उनीहरु जीवन, स्कूल र कलेजमा शिक्षाको बारेमा जान्ने गर्दछन् । विद्यार्थीहरुको पहिलो काम अध्ययन गर्ने हो । तर, अहिले हामीजस्ता धेरैजसो विद्यार्थीहरु किताबको ज्ञानमा मात्र सीमित भएका छन् । हामी पुस्तकको ज्ञानका साथै अन्य बाह्य चीजहरुबारे जान्न र बुझ्न पनि आवश्यक हुन्छ । विद्यार्थी स्कूल र सामुदायिक कार्यक्रममा भाग लिनु पर्छ, अखबारहरु पढ्न, आफ्नो खाली समयमा रचनात्मक काम गर्न, आफ्नो आमाबुबालाई मद्दत गर्नु पर्छ ।
विद्यार्थीहरुलाई भविष्यको देशको नेता मानिन्छ । त्यसैले उनीहरुलाई उचित शिक्षा, जीवन कौशल, र प्रशिक्षण दिइन्छ । एक राम्रो विद्यार्थी समाज र देशको लागी राम्रो गर्नमा जान सक्छ । यदि हामी विद्यार्थी जीवनलाई सही ढंगले प्रयोग गर्छौं भने मात्र हामी चाँडै सफलताको तर्फ पुग्न सक्छौं ।
हामीहरु सानो काल देखि बिधालय पढदै आइरहेको हुन्छु शिक्षाको कुरा कुन ठाँउमा आउछ ।बिधालय र विद्यार्थीहरुमा अहिले सबै च्याप्टरमा शिक्षा बिना अधुरो छ्न ।बिगत १९ बर्ष पहिलोको कुरा हो ।एउटा बिधालयमा पढ्थे श्री समुदायक बिधालय हर्साहा भनेको ठाँउहो तेति खेर कुरा आजको दिमा धेरै मिस गर्छु विद्यालयको प्रधानाध्यापक , शिक्षिका उषाकुमारी श्रेष्ठले धेरै राम्रो पढाइ गराउँदै थिएँ। कक्षा ४मा बाहिर गए उहाँले अध्यन अहिले सम्म पाए छौन उहाले एउटा गुन दिएर गए म बुझ्दैनौँ म यो लेख्को आधारमा बीचमा हामीलालाइ।
शिक्षा एउटा यस्तो धन हो, जसलाई न कसैले चोर्न सक्दछ न कसैले खोस्न सक्दछ । यो मात्र यस्तो धन हो जून बाडदा कहिलै कम हुदैन र सकिदैन बरु बढदै जान्छ । तपाईं हामीले देखि रहेका छौ कि जून शिक्षित व्यक्तिहरु हुनुहुन्छ उहाँहरुको समाजमा मान सम्मान र विशेष स्थान रहेको हुन्छ । हामीहरुलाई यो स्मरण हुनु आवश्यक छ कि शिक्षा हाम्रो जीवनको अभिन्न अंग हो । शिक्षाले तपाईं हामीलाई समाजमा अलग किसिमको मान सम्मान दिनुको साथै समाजमा सिर उठाई जीउन सिकाउँने भएकोले असल शिक्षा लिन आवश्यक छ Written by Dipesh Kumar Shah