बुटवल । जनता समाजवादी पार्टी नेपालको हालै सम्पन्न महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
पार्टीको महाधिवेशनमा महासचिव पदका उम्मेदवार लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले मंगलबार निर्वाचन आयोगमा निवेदन दिंदै विधान तथा निर्देशिका विपरीत काम भएको भन्दै त्यसलाई बदर र छानबिन गर्न माग गरेका हुन् ।
पार्टीको विधानको धारा ८५(२) तोकिए बमोजिमको योग्यता नभएका, पार्टीमा आवद्ध भएको १ वर्ष पनि पूरा नभएका रामकुमार शर्मालाई महासचिव पदमा, बांके जिल्ला अध्यक्ष मोहमद कमरुदिन राईलाई सचिव पदमा, पार्टीको सदस्य मात्र भएकी सुरिता साहलाई कोषाध्यक्ष पदमा निर्वाचित गर्नु विधान विपरित भएको दाबी गरिएको छ ।
त्यसैगरी केन्द्रीय सदस्यमा विधानको धारा ८(३) विपरीत धरान उपमहानगरपालिका सदस्य मात्र रहेका ताजुब लिम्बु लगायत धेरैलाई केन्द्रीय सदस्यमा चयन गरेको पनि उजुरीमा उल्लेख छ ।
पार्टी अध्यक्षले उम्मेदवारीसमेत दर्ता नगराएकालाई केन्द्रीय सदस्यमा चयन गरेको पनि उजुरीमा उल्लेख छ । १० भदौमा केन्द्रीय अध्यक्ष यादवले पदाधिकारी, कार्यकारी भूमिका हुने विभिन्न निकाय प्रमुख र सदस्य चयन गरेकामा सम्पूर्ण काम कारवाही बदर गरी पार्टीको विधान र निर्देशिका अनुसार पदाधिकारी, कार्यकारणी र केन्द्रिय सदस्यको चयन गर्न निवेदनमा माग गरिएको छ ।
हेर्नुहोस् निवेदन :