संकुचित विचलन नहुनु

14
प्रशान्त महासागर
म बालेन चिन्दिन् । उसको भूगोल पनि थाहा छैन् । आनीबानी केही थाहा छैन् । तर उसको कार्यशैली मन पर्छ । आर्थिक अनियमितता, देश बेच्ने भ्रष्टाचार कहिल्यै गर्छ भन्ने कुरामा विश्वास छैन् । यति भन्दै गर्दा मलाई झोले भन्नेहरु जातीय प्रथाबाट कोहि निस्किन्छन्  । म तिनीहरूलाई सोध्न चाहे कि मापदण्डको निर्णय कहिले र कस्को सरकार सत्तामा हुँदा भएको थियो ? यदि थाहा छैन् भने २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न आदेश दिएको थियो । अहिले प्रधानमन्त्री रहेका केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । उनले नियुक्त गरेका महान्यायाधिवक्ता अग्नि खरेल थिए । एमालेबाट बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्य थिए ।
अहिले मेयर बालेन केपि सरकारको प्रतिपक्ष काठमाडौ महानगरपालिका जस्ले सरकारको हरेक गाँसमा भ्रष्टाचार र बेथितिको ढुङ्गा पस्किदिए । फलत: सुचिकृत गर्न खोजिएको सूचनालाई महानगरपालिकाले जाहेर गरेको भ्रम छर्न केही हद सरकार सफल भए भने बा का छोराछोरीहरु नौटंकीमा रम्न हस्ताक्षर संकलन लागे । तर कसको समर्थनमा र कस्को विरोधमा भन्ने कुराको स्पष्टता छैनन् । पुनरावलोकन भन्दै कुदेका छन् समर्थन भन्दै ओलि बा कै विरुद्ध स्वयम् ओलि समर्थकहरु लागे । देशको राजनीति आफै बोक्सी बनी रगत चुस्नु चुसेर राहतका हल्का कुरा गरि पुन: उहीँ बोक्सी धामी बने जुन अभियन्ताहरुले पहिचानमा आउन चाहेनन् । यसको मुख्य कारण भनेको बालेनले रैथानेहरुलाई उठिबास गर्न लगाए भ्रम नै मुख्य हुन् जबकी स्पष्ट बालेन भनेकै छ मुआब्जा बिना कसैलाई कहिंबाट उठिबास गर्न पाईदैन् ।
संघीय गणतान्त्रिक प्रणालीमा गई सकेको राज्यले जनताको जिउज्यान, हकअधिकार र सम्पत्तिको सुरक्षा गर्नुपर्छ भने जिम्मा पनि लिनुपर्छ । यो सबैलाई थाहा छ । बालेन प्रमुखलाई पनि थाहा भएर ५ वर्ष सम्म सुतेका अर्थात २०७६ सालको निर्णय जनतालाई सुनाउन पुगे । दोष त्यही भो । चूप लागेर मापदण्डमा मौन आफ्नो कार्यकालमा बसेको भए तीनकुनेको जग्गा जस्तै न मुआब्जा पाए न त खेतीपाती नै गर्न पाए । जग्गा आफ्नो हो तर त्यस बापत के भने झै मात्र हुनेथियो भने मापदण्डमा परेको जग्गाबाट ऋण पनि लिन पाउने थिएन् भने सम्पत्ति विवरण पेश गर्न पनि काम लाग्ने छैन् । अफसोच सत्यलाई देखाउँदा दोष आफैतिर तेर्साएर व्यक्तिगत रिस पोख्ने राजनीतिभित्र रैथाने अलमल भए ।
रैथानेको शक्ति राज्यलाई देखाउनुपर्छ, मिलेर बेथिति विरुद्ध बोल्नुपर्छ सुशासनको मुहान काठमाडौं उपत्यकाका जनता नै हुन् सचेत गराउने प्रमुखप्रति आशंका व्यक्त गर्नु आफैलाई सराप दिनु हुनेछ । विगतमा राज्यले गरिएका त्रुटि विरुद्ध जन्मेको आवाजलाई रैथानेहरुले सुन्न जानिएनन् वा सुनिएनन् भने भुटानी शरणार्थी मात्र होईन् नेवा: सभ्यता शरणार्थीहरु पनि जन्मिन्छन् नै । राम्रा कामहरुले जस्ले गरेपनि स्विकार्ने क्षमता हामीले हाम्रो सृजना गर्न सकिएनन् भने हाम्रो पतन अवश्य निश्चित छ । हुनसक्छ कुनै काममा त्रुटि वा निर्दयी, कानून लागू गर्न पनि बनिएको हुनसक्छ जसको पक्ष र विपक्ष हामीले बुझ्नुपर्छ । नेपालको इतिहासमा विश्वले तारिफ गरिएको मेयर बालेन नै हो । उसले राष्ट्रघात गर्दैन् ।
बालेनको सोचले म झोले हुँ । हामीले उसलाई दिने कठिनाई विरुद्ध आफ्नो चेतनालाई तिखार्नुपर्छ । रैथाने जुधाउने राजनीति बुझ्नुपर्छ । बा एमालेले गरेको निर्णय विरुद्ध बा एमाले नै किन छन् हामीले बुझ्न सकिएन् भने हाम्रो जय कहिल्यै हुनेछैन् । हामी यो देशको ग्राहक भन्दा माथि कुनै सोचले नागरिक बनाउने छैन् । बालेनलाई साथ र सहयोग गर्न सकिएको खण्डमा हामी एकदिन यो देशको नागरिक हुन्छौं  नै । साथसाथै मापदण्ड म विरुद्धको पनि राज्यको आतंक हो । म मात्र त्यसबाट अलग छु त्यो म भन्दिन् ।  संस्कार, सम्पदा र पर्यावरण मासिनु पनि मापदण्ड कायम गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि त्यो लागू गर्न राज्यले आतंकको रुपमा होईन् समन्वय र समझदारीपुर्ण मुआब्जा सहितको हुनुपर्छ । केपि सरकारले लागू गर्न लागेको मापदण्ड गलत छ पनि भन्दिन् तर नाटक रचेकोमा पुर्णरुपमा मेरो विमति छ नै । मापदण्ड कायम गर्न उठिबास होईन् व्यवस्थापन गरि लागू गर्नुपर्छ । यो देश संघीय गणतान्त्रिक पद्धतिमा छ भन्नु राज्यले आम मानिसको सबै रक्षा गर्नु हो । अफसोच बालेन विरुद्ध विष ओकल्नु राज्य सत्तामा विषयुक्त सर्पहरु मात्रै छन् कि…सोच्नुपर्ने दिन आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here