एनआईसी एसिया बैंक डिजिटल बैंकमा रुपान्तरण हुँदै

4

काठमाडौँ  ।  एनआईसी एसिया बैंकले डिजिटल बैंकमा रुपान्तरण हुनेगरी तयारी अगाडि बढाएको छ। परम्परागत बैंकिङ प्रणालीबाट डिजिटल बैंकिङतर्फ अगाडि बढ्नेगरी बैंकले आफ्नो प्रविधिमा व्यापक परिवर्तन गरिरहेको छ।

हाल प्रतिनिधिसभामा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पारित भएपछि डिजिटल बैंकको इजाजत दिने प्रकृया अगाडि बढ्ने छ। डिजिटल बैंकको इजाजत लिनका लागि एनआईसी एसिया बैंकले आफ्नो सक्रियतालाई तीब्रता दिएको छ। परम्परागत बैंकिङका रुपमा गरिरहेको कामबाट अगाडि बढेर एनआईसी एसिया बैंक आफूलाई रुपान्तरण गर्ने बाटोमा जान लागेको हो। डिजिटल बैंकमा रुपान्तरण हुनेगरी पूर्वाधार निर्माण भइरहेको बैंक स्रोतले जानकारी दिएको छ।

‘नेपालको पहिलो डिजिटल बैंक बन्नेगरी एनआईसी एसिया बैंकले आफ्नो तयारी अगाडि बढाएको छ। आफ्नो वित्तीय सूचकहरूमा सुधार गर्दै सूचना प्रविधिमार्फत नयाँ फड्को मार्नेगरी डिजिटल बैंकको तयारीमा एनआईसी एसिया बैंक अगाडि बढेको छ। बाफिया संसदबाट पारित भएपछि डिजिटल बैंकको लाइसेन्स खुलेसँगै एनआईसी एसिया नयाँ रणनीतिसाथ डिजिटल बैंकको रुपमा अगाडि आउने छ,’ बैंक स्रोतले भन्यो।

परम्परागत बैंकिङबाट भइरहेको कामभन्दा अगाडि बढेर एनआईसी एसिया बैंक डिजिटल बैंकको रुपमा सशक्त भएर आउने तयारी गरिरहेको हो। बैंकले डिजिटल प्रणालीमा सुधार गर्दै साइबर सेक्युरिटीमा पछिल्लो समय लगानी बढाइरहेको छ। एनआईसी एसिया बैंकले सम्पूर्ण बैंकिङ सेवा डिजिटल माध्यमबाट गर्ने भन्दै कोभिडको समयदेखि नै आइसर्भ प्रणाली सञ्चालनमा ल्याइरहेको छ। केवाईसी अपडेटदेखि मोबाइल बैंकिङका सम्पूर्ण सुविधाहरू अनलाइनको माध्यमबाटै दिइरहेको छ।

दोस्रो पटक आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा बेस्ट इन डिजिटल बैंकिङ अवार्ड प्राप्त गरेको विषयमा जानकारी दिँदै एनआईसी एसिया बैंकले पहिलो डिजिटल बैंकमा रुपान्तरणको तयारी भएको समेत उल्लेख गरेको छ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिकरुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको उल्लेख गरिएको छ।

यस्तै यस बैंकले धितो लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत बैंकले लिलाम-बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण सूचनाको जानकारी दिने उल्लेख गरेको छ। सरकारले डिजिटल बैंकिङ सञ्चालनमा ल्याउने घोषणा गरेपनि यसको सञ्चालन प्रक्रिया, पुँजी, काम कर्तव्य अधिकार, प्रविधि लगायतका विषयमा राष्ट्र बैंकले कुनै पनि ठोस नीति अगाडि ल्याएको छैन।

यद्यपी राष्ट्र बैंकले अध्ययन गरिरहेको क्राउड फण्डिङ र पीटूपी ल्याण्डिङ डिजिटल बैंकिङकै अवधारणा भएको बताइएको छ।यस्तै राष्ट्र बैंकले अध्ययन गरिरहेको सेन्ट्रल बैंक डिजिटल करेन्सी ९सीबीडीसी० नामक डिजिटल मुद्राबाट बैंकिङ कारोबार गर्ने बताइएको छ। यस्तै डिजिटल बैंकले अनलाइन प्रणालीका माध्यमबाट निक्षेप संकलन र कर्जा दिनसक्ने गरी अवधारणा अगाडि ल्याइने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here