नेपालको शिर ढल्ने काम गर्दिन : प्रधानमन्त्री ओली

3

काठमाडौं। अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्ने गरी कुनै पनि काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले देशको इज्जत तल पर्ने गरी कुनै काम नगर्ने  जनाए  ।

‘नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्ने गरी काम गर्दिनँ’ प्रधानमन्त्री ओलीले भने । अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उनले जनाए।

महासभामा उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले संसदलाई संक्षेपमा जानकारी दिएका छन् । महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here