काठमाडौंं । फूलपातीको अवसर पारेर स्वदेशमा रिलिज हुन लागेको नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ५’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । यो चलचित्र अष्ट्रेलियामा बक्स अफिस अन्तर्गत ५० बढी हलमा रिलिज हुने भएको हो । चलचित्रको यसअघिका सिक्वेल भने हल भाडा लिएर प्रदर्शन भएको थियो ।
चलचित्र रिलिजका लागि नमस्ते इन्टरटेनमेन्टसँग रगडेल ब्वायज, ग्रिस इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । विदेशी फिल्म प्रदर्शन इभेन्ट सिनेमाज, होयट्स, भिलेज सिनेमाज ,रिडिंग सिनेमाज र स्टेट सिनेमाज लगायत अष्ट्रेलियाका महँगा र सुबिधा सम्पन्न हलमा यो चलचित्र प्रदर्शन हुनेछ ।
‘छक्का पन्जा– ५’ दीपाश्री निरौले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।