प्रशान्त महासागर
नेपालमा २०८१ असोज ११ र १२ गते २०८१ साल जेष्ठ ३ गते भन्दा धेरै कम पानी पर्यो । सूचक पानी पर्छ क्षती हुने सम्भावना सहित सतर्क रहन आग्रह पनि गरिईयो ।
अफशोचका भन्नुपर्छ कि बाघ आयो बाघ आयो कथाको नायक सरकार बनेको अवस्थामा कमैले क्षति हुने विश्वासका साथ जीवन यापन गरे भने स्वयम् प्रधानमन्त्रीले समेत पानी त पर्छ भनेको थियो बाढी पहिरो जान्छ भनेको थिएन् भन्ने जवाफ सार्वजनिक भए । बाढी पहिरोले अर्बौको भौतिक क्षती गराए । सयौको ज्यान लिए । यस्तोमा समाचारमा रोशी खोलाले ठुलै क्षति पुर्याएको देखेर सुनेर कीर्तिपुरका जनता लगायत बौद्धिक पत्रकारहरू राज्य सरकार कहाँ छ मरे बाँचे ठेगान छैन् यी यस्ता कुराहरू गरे । कीर्तिपुर पनि विपदमा फसे । कीर्तिपुरको आफ्नो दक्ष अनुसार नै विपत्तिसँग समाधानको बाटो खोज्ने र त्यही अपनाउने योजनामा जुटे । यो राम्रो पक्ष हो । तर यहि कीर्तिपुरमा पनि देश रोएको बेला राज्यलाई प्रश्न ठड्याउन सक्ने मिल्ने कार्यकारी सत्ता जस्तै वडाले विपद तयार र त्यसको समाधानमा योजना बनाउन छोडी अन्य कुरामा व्यस्त रहे ।
फलतः २०८१ असोज १७ गते परेको पानीले वडा नं.४ मा सहदेव तामाङले मृत्यु स्विकार्नु पर्यो भने कीर्तिपुर नयाँबजार निवासी प्रल्हाद महर्जन हाल यो मैले लेख्दै गर्दा ४ दिनसम्ममा पनि अत्तोपत्तो छैन् । र मलाई लागेको जनशक्ति कम भएको हो कि ? या उपकरण कमिले खोजी कार्यमा सफलता हासिल हुन नसकेको हो कि ? या अन्य…यसमा हाम्रो विचार शक्ति र परामर्श कम भएको महसुस हुन थालेको छ ।
कार्यबाहक पाएको प्रधानमन्त्रीले केही गर्न सकेन् वा गर्न दिएनन् भन्ने शब्द सार्वजनिक गर्नेहरूले स्वत: कार्यकारी वडाध्यक्षहरुले आफ्नो पछाडि १० जना मान्छेहरू राखेर खोजी कार्यमा सहयोग किन गर्न सकेनन् ? प्रश्नले आत्मा रुन्छ । कीर्तिपुर, देश राजधानीबाट मात्र २ किलोमीटर टाढा जुन रोशी भन्दा ४६ किलोमिटर नजिक छ त्यहाँ पनि हामीले कुनै तहको सरकार जिवित रहेको चाल पाईएनौं ।
कीर्तिपुर, संघसंस्था लगायत गुठी पुच: क्लब एवम् अनेकतामा एकता खोज्ने शहर आज पहुँचले जिर्णता महसुस गराएको छ । राज्यसँग सधैं हामी प्रतिपक्षमा छौं भन्ने राजनैतिक दलहरु बस्ने ठाउँमा भाँडभैलो गर्ने राजनीति, कार्यकर्ता पाल्ने नानाथरी कुरा गर्ने टुक्रावाद कीर्तिपुर बने । तर समग्रमा कीर्तिपुर यस्तै हो भन्ने जातीय कुरा त्याग्ने, भूगोलमा विभाजित नहुने विचारको मानवीय मरेकै अव्स्थामा छ्न् । म चोभारको, म पाङ्गाको या अन्य अन्य सोच्ने विचारले आज खोजी कार्यमा एकता खोज्न सकिएनन् भने राजनैतिक बितृष्णाले गर्दा पनि कीर्तिपुरको पछिल्लो अवस्था यस्तो छ भने स्वार्थ र मोज एवम् भोजमा कीर्तिपुर विलय भएको छ ।
र अन्तमा, कीर्तिपुर हिरा थियो घोटेरै सकाए । चम्किलो बनाउने होडमा चहकिलो पार्ने योजना कसैले खोज्न सकेनन् । राज्य वा स्थानीय सरकारले मातृत्वलाई सराप दिने प्रावधानलाई शासन माने । कुनै बेला जस्तो हुनसक्ने हुने कुरा अझै पनि सत्ता सतर्क नहुनु वा शक्ति त्यस्तैको लागि हो बुझ्न नचाहनु मानवीय क्षय हुनु नै हो । हुन त कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको छ मानवीयता जिउँदो बनाउने सोचको राजनीति स्थापित होस् । कीर्तिपुरले जित्ने विचारले जितियोस् ।