स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल

6

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको जनाएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताए ।

औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियनकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here